चितवन / चितवनका उम्मेदवारहरुले मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ३१ लाखभन्दा बढी खर्च गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको खर्च सीमा अनुसार सबैभन्दा धेरै क्षेत्र नम्बर १ र ३ मा उम्मेदवारले बढीमा ३१ लाख खर्च गर्न पाउने भएका हुन् ।
यस्तै यी क्षेत्रभित्र पर्ने प्रदेशसभा उम्मेदवारहरुले बढीमा १७ लाख खर्च गर्न पाउने छन् । प्रदेशतर्फ चितवन १(क) र १(ख), चितवनन ३ (क) र ३ (ख) मा १७–१७ लाख रुपैयाँ खर्च पाउने भएका हुन् । यस्तै चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारले बढीमा २९ लाख खर्च गर्न पाउने छन् ।
त्यस्तै प्रदेश तर्फ चितवन २ (क) मा १९ लाख र २(ख) मा १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन जारी भएको आचारसंहिता पालना गर्न सबै उम्मेदवारहरुलाई आग्रह गरे ।
उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तिय संस्थामा खाता खोलेर गर्नुपर्ने गरी आचारसंहिता जारी भएको छ । २५ हजार बढी रकम आर्थिक सहयोग प्राप्त भएमा बैंक वा वित्तीय संस्थाबाटै गर्नुपर्ने, आम्दानी खर्च विवरण तोकिएको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने व्यवस्था छ ।
यसैबीच, सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहितबारे चितवनका क्रियाशिल पत्रकारहरुबीच छलफल भएको छ । सञ्चारमाध्यमले १ मिनेट बढीका निर्वाचन प्रचारप्रसार सामाग्री प्रशारण गर्न पाउने छैनन् ।
उम्मेदवारहरुको कम्तीमा १ घण्टाको अन्तरालमा मात्रै प्रचारसामाग्री प्रसारण गर्न पाइनेछ । प्रदेशसभाका २४ घण्टामा ३ पटक र प्रतिनिधिसभाका उम्मेदवारहरुको बढीमा ४ पटकमात्रै प्रशारण गर्न पाइनेछ । मुख्य निर्वाचन अधिकृत थापाले जुलुस, आमसभा, कोणसभा १७ गतेपछि मात्रै गर्न पाइने बताए ।
‘निर्वाचन चिन्ह, पोष्टर, झण्डाहरु सार्वजनिक स्थलमा राख्न पाइने छैन’, उनले भने, ‘बहानाबाजी चल्दैन, सम्बन्धित चुनाव चिन्हको दुुरुपयोग भएमा उम्मेदवार नै जिम्मेवार बन्नुपर्छ ।’ उम्मेदवारले प्रयोग गर्ने भनी लिएका सवारीहरु सम्बन्धित निर्वाचन क्षेत्रमै उम्मेदवारले नै प्रयोग नगरे कारवाही हुने बताए ।
आचारसंहिता उल्लघंन भए नभएको हेर्न निर्वाचन आचारसंहिता अनु्गमन समिति परिचालन हुने बताए । सुक्ष्म अनुगमनकर्ता, दृश्य छायाँकनकर्ता लगायतका व्यक्तिहरु परिचालन गरेर निगरानी हुने बताए ।
आचारसंहिता उल्लंघन भएको उजुरी मौखिक, लिखित वा सामाजिक सञ्जालमार्फत दिन सकिने बताए । आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई १ लाखसम्म जरिवाना, उम्मेदवारी खारेजीसम्म गर्न सकिन्छ । यस्तै निर्वाचन कसुर तथा सजाए ऐन २०७३ अनुसार गम्भीर प्रकृतिको कसुर गरेमा २ लाखसम्म जरिवाना वा ३ वर्षसम्म कैद हुने व्यवस्था छ ।
निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
