चितवन / नेपाल लेयर्स कुखुरा पालक व्यवसायी संघ तदर्थ समिति गठन भएको छ । संघको तदर्थ समितिको अध्यक्षमा विनोद पोखरेललाई चयन गरिएको छ ।
जसमा संघको महासचिवमा शोभाकान्त ढकाल, सचिवमा मदन चिरञ्जीवि पोखरेल, कोषाध्यक्षमा प्रकाश चापागाईलाई छानिएको छ भने सदस्यहरुमा राजेन्द्र लामिछाने, रामलाल भुषाल, ज्योतेन्द्र श्रेष्ठ, गंगा भट्टराई, भरत शर्मा, गोकुलनाथ पौडेल, पिताम्बर सञ्जेल, सञ्जीव खनाल रहेका छन् ।
यस्तै, संरक्षकमा गुणचन्द्र बिष्ट, सल्लाहकारहरुमा सुरेश वैद्य, दीपककुमार प्रधान, शिवाजी राव रहेका छन् ।
कार्यक्रमको अध्यक्षता नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले गरेका थिए भने प्रमुख अतिथि गुणचन्द्र बिष्ट रहेका थिए । संघ संस्थाहरु मिलेर पोल्ट्री व्यवसायलाई अगाडि बढाउनु पर्ने उनीहरुको भनाइ थियो ।
तदर्थ समितिका अध्यक्ष पोखरेलले संस्था गठन गर्नुपर्नेको कारण र उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले पोल्ट्री नीति निर्माणका लागि राज्यसँग पहल गर्न, अण्डाको बजारलाई व्यवस्थित बनाई अण्डाको खपत बढाउन समिति गठन गरिएको जानकारी दिए ।
चितवन लगायत देशैभरका अण्डा उत्पादन गर्ने ठूला व्यवसायिक फर्महरु संगठित भएको हो । नेपालको अण्डा उत्पादनमा ८० प्रतिशत हिस्सा ओगट्ने करिब ४० जना व्यवसायीहरु संगठित भएका हुन् ।
नेपालमा दैनिक ४८ देखि ५० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डा उत्पादन क्षेत्रमा मात्रै रु. ७५ अर्ब लगानी भएको बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

अण्डा उत्पादक लेयर्स कुखुरा पालक संघको तदर्थ समिति गठन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












