चितवन / थारू पत्रकार संघ नेपाल चितवनको आयोजनामा युवा आख्यानकार तथा पत्रकार मनोज चौधरी ‘अज्ञात’को उपन्यास ‘टुवरा’ विमोचन भएको छ । कार्यक्रमकी प्रमुख अतिथि तथा माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले उपन्यास ‘टुवरा’को आइतबार नारायणगढको कमलनगरस्थित होटल ह्याप्पी होममा विमोचन गरेकी हुन् ।
प्रमुख अतिथि महतोले उपन्यासमा थारु समुदायको कथालाई ब्याख्या गरिएको बताइन् । उनले थारू समुदाय सांस्कृतिकरूपमा धनी भए पनि साहित्यिक क्षेत्रमा यो समुदायको प्रतिनिधित्व गरेकोमा आख्यानकार चौधरीलाई बधाई दिएकी थिइन् । उनले साहित्य र साहित्यकार प्रवर्द्धनमा विशेष जोड दिने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा पुस्तकका बारेमा उदय अधिकारी, रमेश प्रभात, अमर जनशक्ति बहुमुखी क्याम्पसका पूर्व क्याम्पसप्रमुख तोयानाथ पौडेललगायतले समीक्षा गरेका थिए भने उपन्यासमा भुइँमान्छेको कथा समेटिएको बताए ।
यस्तै कार्यक्रममा समीक्षक ज्ञानेन्द्र महतो, भरतपुर महानगरपालिका वडा नम्बर–२२ का वडाध्यक्ष विष्णुराज महतो, साहित्यकार धनराज गिरी, प्रकाशक शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेल, थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी, थारु पत्रकार संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरी, आशाराम चौधरीलगायतले बोलेका थिए ।
उपन्यासको नाम ‘टुवरा’ थारु भाषाबाट राखिएको हो भने जसलाई नेपाली भाषामा ‘टुहुरा’ भनिन्छ । लेखक चौधरीले उपन्यासमा गरिब थारू किसानको कथाव्यथा समेटिएको बताए । लेखकको पहिलो उपन्यास ‘टुकी’ २०७५ सालमा सार्वजनिक भएको थियो ।
कार्यक्रम थारु पत्रकार संघ चितवनका अध्यक्ष दिपेश चौधरीको अध्यक्षता तथा संचालन दिपेन्द्र चौधरीले गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

माडीकी प्रमुख ताराकुमारीद्वारा ‘टुवरा’को विमोचन
October 24, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
