२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दलहरुको प्राथमिकताभित्र परेन एयरपोर्टको एजेण्डा

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते
File photo.

हेटौंडा / बागमती प्रदेशको राजधानीसँगै हेटौंडा देशकै सामरिक महत्वको शहर बनिसकेको छ । फास्टट्रयाकको नजिकको शहर, विशाल व्यापारिक केन्द्र चितवन र वीरगञ्जलाई समेत जोड्ने प्रमुख व्यापारिक केन्द्रको रुपमा हेटौंडाको उदय भइसकेको छ ।
तर, अहिलेसम्म आन्तरिक विमानस्थल समेत नहुँदा आपतकालिन उद्धार तथा राजधानी र अन्य शहरसँगको कनेक्टीभिटीमा समस्या हुँदा समेत यहाँका राजनीतिक पार्टीहरुले विमानस्थललाई आसन्न निर्वाचनमा विमानस्थललाई प्राथमिकता राखेको पाइएको छैन ।
राजनीतिक पार्टीहरुले मात्रै नभएर आम सर्वसाधारणले समेत विमानस्थलको माग गरेका छैनन् । जहाजमार्फत् राजधानी काठमाडौं वा देशको अन्य शहरहरुमा जानु पर्दा ३९ किमीको दुरीमा रहेको बाराको सिमरा वा ७२ किमीको दुरीमा रहेको भरतपुर पुग्नुपर्ने बाध्यता छ । अथवा चार घण्टाको दुरी सडक यात्रामार्फत् काठमाडौं नै पुग्नुपर्ने अवस्था विद्यमान छ ।
विमानस्थलको अभावमा महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टर्ड गर्नु मकवानपुरबासीको नियती बनिरहेको छ । दुर्घटना वा अन्य कारणबाट सिकिस्त बिरामीहरुको उद्धार गर्नुपर्दा लाखौं रुपैयाँ हेलिकोप्टरलाई तिर्न बाध्य भएका जनताका लागि दलहरुले विमानस्थल बनाउने एजेण्डा आजसम्म अघि सारेका छैनन् ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले पनि यस विषयमा खासै चासो देखाएको पाइँदैन ।
उम्मेदवारहरुले आगामी निर्वाचनको एजेण्डा सार्वजनिक गरिसकेका छैनन् । तर, विभिन्न सभा समारोहहरुमा सम्बोधन गर्दा उनीहरुले आन्तरिक विमानस्थलको विषयलाई प्राथमिकता दिने गरेका छैनन् ।
अन्य समयमा यो विषयमा चर्चा हुने गरेको भएपनि निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको प्राथिकतामा आन्तरिक विमानस्थलको विषय नपरेको हो ।
प्रदेश राजधानीमा अन्य भौतिक पूर्वाधारको विकास भए पनि हवाई यातायात नहुँदा निकै असहज अवस्था छ । हेटौंडाबाट संघीय राजधानी जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडकखण्डको स्तरोन्नती भइसकेको छैन । साँधुरो र कच्ची सडकका कारण दिनप्रतिदिन दुर्घटना बढिरहेको छ । ७६ किलोमिटरको सडक पार गर्न ज्यान जोखिममा पारेर घण्टौंको यात्रा गर्नुपर्ने बाध्यता छ ।
त्यस्तै हेटौंडाबाट ९१ किलोमिटर पार गरेपछि काठमाडौँ पुगिन्छ । तर, कान्तिलोकपथको हालत पनि उस्तै छ । आकस्मिक संघीय राजधानी काठमाडौँ वा देशका अन्य सहरहरुमा जानुपर्दा हेटौंडावासीले निकै सास्ती खेप्दै आएका छन् । छिमेकी जिल्ला बारा, चितवन र प्रदेशकै रामेछापमासमेत विमानस्थल निर्माण भइसकेको सन्दर्भमा हेटौंडामा यो विषयले प्राथमिकता पाउन नसकेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34