२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हिमाली जिल्लमा पाठ्यपुस्तक पुगेन, पुग्यो मतपत्र

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते
Sketch Sample

सुर्खेत / प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि कर्णालीका हिमाली जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पु–याइएको छ । मतपत्र समयमै पुग्ने कर्णालीमा शैक्षिक सत्र सुरु भएको छ महिनासम्म पाठ्यपुस्तक भने पुग्नसकेका छैनन् ।
सरकारको शिक्षाप्रति गैरजिम्मेवारीपनले गर्दा बालबालिका खाली हात विद्यालय जान बाध्य छन् । कर्णालीका डोल्पा, हुम्ला, कालीकोटलगायतका हिमाली जिल्लामा अझै पाठ्यपुस्तक पुगेको छैन । निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा र स्वस्तिक छापलगायतका निर्वाचन सामग्री पुगिसके । तर, कलिला बालबालिकाको भविष्यसँग जोडिएका पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।
कालीकोटमा अभाव
कालीकोटमा पाठ्यपुस्तकको अभाव भइरहेको छ । नरहरिनाथ गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयमा सबै विषयका पाठ्यपुस्तक पुग्न सकेका छैनन् । अधिकांश बालबालिकाको हातमा सबै विषयका किताब पुग्न नसकेको शिक्षा शाखा प्रमुख दुर्गालाल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पाठ्यपुस्तकको ढुवानी ठेक्कामार्फत भएकाले बर्सेनि यस्तो समस्या भोग्नुपरेको हो ।
हुम्लामा अझै पुगेन
नयाँ शैक्षिक सत्र सुरु भएको छ महिना भइसकेको छ । हुम्लाका कतिपय विद्यालयका विद्यार्थीले अझै पनि पाठ्यपुस्तक पाएका छैनन् । सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा किस्ताकिस्तामा पाठ्यपुस्तक गयो । पटक–पटक पाठ्यपुस्तक आए पनि अहिले पनि कतिपय विद्यार्थीका हात खाली छन् । त्यहाँ सबै कक्षामा पर्याप्त पाठ्यपुस्तक नपुगेको बताइएको छ । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार यो वर्ष पनि समयमा पाठ्यपुस्तक आएनन् । विद्यार्थीको पढाइमा अन्योल भइरहेको छ । हुम्लामा केही थान पुस्तक त्रैमासिक परीक्षा सकिएपछि मात्र पुगेको थियो । त्यो पनि अपर्याप्त छ ।
तीन वर्षयता कोरोना महामारीका कारण अस्तव्यस्त बनेको पठनपाठन यस पटक पनि पाठ्यपुस्तक अभावमा अस्तव्यस्त नै भएको शिक्षकले बताएका छन् । सरकारले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थी मर्कामा परेको बताइएको छ । सिमकोट गाउँपालिकाका सामुदायिक विद्यालयका सबै कक्षामा पाठ्यपुस्तक अहिलेसम्म पुग्न नसकेको शिक्षा शाखाका प्राविधिक सहायक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
अदानचुली गाउँपालिकामा पनि सबै बालबालिकाले पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक ढुवानीकर्ता र बिक्रेताको लापरबाहीकै कारण विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसकेको शिक्षा शाखा प्रमुख रनसुर रोकायाले बताउनुभयो । उहाँका अनुसार उक्त पालिकामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्तक पाएका छन् । विगतका वर्षहरूमा पनि हुम्लालगायतका कर्णालीका हिमाली जिल्लामा समयमै पाठ्यपुस्तक पुगेका थिएनन् ।
सरकारको बेवास्ताका कारण शैक्षिक अवस्था लथालिङ्ग बनेको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालका कर्णाली प्रदेश अध्यक्ष तुलाराम पाण्डेले बताउनुभयो । उहाँका अनुसार चुनावका मतपत्र समयमै पुग्छन् तर पाठ्यपुस्तक पुग्दैनन् ।
यता छिटफुट रूपमा पाठ्यपुस्तक अभाव रहेको जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार दैलेख, कालीकोट र सुर्खेतमा कक्षा ८ का किताब अभाव भएको छ । बाँकी जिल्लामा लगभग पाठ्यपुस्तक पुगिसकेको छ ।
उहाँले भन्नुभयो, “यो वर्ष पाठ्यपुस्तक छपाइमा ढिला हुन पुग्दा यस्तो अवस्था आएको हो ।”
जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले गर्दा पाठ्यपुस्तक अभाव भइरहेको बिहानी पुस्तक पसलका सञ्चालक शेरबहादुर खड्काले बताउनुभयो । अहिले पनि कक्षा ८ को सामाजिक र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक अभाव छ । (रजनी योगीले यो समाचार गोरखापत्रमा लेखेका छन्)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39