२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

प्रहरीलाई बुझाइयो ३२ थान हतियार

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते
- ADVERTISEMENT -

चितवन / निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका ३२ थान हतियार स्थानीय प्रशासनमा बुझाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले कार्तिक ५ गते सम्म हतियार बुझाउनका लागि गरेको आव्हानका क्रममा सो संख्यामा हतियार बुझाईएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय भण्डारामा ती हतियार बुझाईएको हो ।
प्रतिनिधि सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वनाउन इजाजत प्राप्त हतियार बुझाउन गरिएको अनुरोधका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा २१ थान, वडा प्रहरी कार्यालयमा ७ थान र इलाका प्रहरी कार्यालय भण्डारामा ४ थान बुझाईएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार बुझाईएका हतियार मध्ये १२ बोरको १४ थान, १३ बोरको १ थान, पइन्ट टुटु राईफल १० थान, एक नाले बन्दुक १ थान, दुई नाले बन्दुक १ थान र अन्य हतियार रहेका छन् ।
उनका अनुसार इजाजत प्राप्त हतियार बुझाउन आनाकानी गरेको पाईएमा हतियार नियन्त्रणमा लिईने छ । नबुझाएका हतियार नियन्त्रणमा लिएर कानुनी प्रकृया सुरु गरीने उनले जानकारी दिए ।

- ADVERTISEMENT -