२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्रपाका उपाध्यक्ष पाण्डेको गंगा आरतीसहित प्रचारप्रसार सुरु

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते
File photo.

चितवन / भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले बिहीबार गंगा आरतीसहित चुनावी प्रचारप्रसारको औपचारिक शुभारम्भ गरेका छन्। चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पाण्डेले भरतपुर महानगरपालिकाको वडा नं.१६ स्थित नारायणी नदी किनारको सिद्धिगणेश मन्दिरमा बिहान पूजापाठ गरेपछि नारायणी नदी किनारमा गंगा आरती गरेर चुनावी प्रचारप्रसारको शुभारम्भ गरेका हन् ।
प्रचारप्रसारको औपचारिक शुभारम्भ गरेपछि वडा नं.१६ र १७ मा घरदैलो कार्यक्रम गरिने राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिए। आजबाट पार्टीले चुनावी अभियानलाई थप तीव्र पार्ने उनले बताए। चितवन–३ मा एउटै व्यक्तिले पनि कसरी परिवर्तन गर्न सक्दो रहेछ भनेर देखाउन कम्मर कसेरै चुनावमा होमिएको बताएका छन्। बिहीबार भरतपुर–१६ सिद्धि–गणेश मन्दिरमा पूजापाठ र गंगा–आरतीसहित चुनावी प्रचारप्रसारको औपचारिक शुभारम्भ गर्दै नेता पाण्डेले सकारात्मक सोचका साथै चितवनको विकास, परिवर्तन र समृद्धिका लागि कम्मर कसेर लागेको बताएका हुन् ।
नेता पाण्डेले यसअघिका नेता र दलले घोषणापत्रमा मात्रै सीमित रहेर विकास गरेको बताए । ‘घोषणापत्रमा समावेश दलका विकास घोषणापत्रमै सीमित छन्, तर हामी घोषणापत्रमा होइन, व्यवहारमा विकास गरेर देखाउँछौँ,’ पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले भने, ‘त्यसको लागि आम मतदाताले विश्वास गरेर संसदमा पठाइदिन आवश्यक छ । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा ९१० का उम्मेदवार ज्ञानुजंग लामाले राष्ट्रवादीको जग बलियो हुँदै गएको दाबी गरेका छन् ।
बिहीबार भरतपुर–१६ स्थित नारायणी नदी किनारमा रहेको सिद्धि–गणेश मन्दिरबाट चुनावी प्रचारप्रसारको औपचारिक शुुभारम्भ गरेपछिको सभालाई सम्बोधन गर्दै नेता लामाले चितवन–३ बाट राप्रपाको जीत सुनिश्चित भइसकेको समेत दाबी गरेका हुन् । उनले पार्टीभन्दा पनि व्यक्तिको दक्षता र क्षमतालाई हेरेर मतदान गरिदिन आम मतदातालाई आग्रह गरे ।
राप्रपाको तर्फबाट चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र प्रदेशसभामा ९१० तर्फ राप्रपा बागमती प्रदेशका उपाध्यक्ष ज्ञानुजंग लामा र ९२० तर्फ राप्रपाकी सह–महामन्त्री रीना गुरूङ चुनावी मैदानमा छन् ।
राप्रपाकी सह–मन्त्री रीना गुुरूङले चितवन चितवन–३ मा विकासको लहर आइसकेको दाबी गरेकी छन् । बाँकी रहेका विकासलाई पूरा गराउनको लागि पनि चितवन–३ का जनताले विक्रम पाण्डेलाई जिताउन आवश्यक रहेको बताएकी हुन् । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा ९२० मा राप्रपाको तर्फबाट उम्मेदवार रहेकी नेतृ गुरूङले चितवन–३ को विकासमा विक्रम पाण्डेको विकल्प नरहेको बताइन् ।
अब मतदाताले दलभन्दा पनि विकास र समृद्धिलाई हेरेर मतदान गर्नेमा आशावादी रहेको उनको भनाइ छ । भ्रष्टाचारहित समाज निर्माण गर्नुछ ः नेता पाण्डे चितवन क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले जनता सानासाना समस्या समाधान नहुँदा ठूला तथा सत्ताधारी दलप्रति आजित भएको बताएका छन् ।
बिहीबार भरतपुर–१६ झन्झने चोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै जनताको समस्या समाधानको लागि आफू पुनः उम्मेदवार भएर चुनावी मैदानमा आइपुगेको बताएका हुन्। देश भ्रष्टाचारको खाडलमा गइसकेको हुँदा भ्रष्टाचाररहित समाज निर्माण होस् भनेर सिद्धि–गणेशको पूजा गरेर चुनावी अभियान सुरु गरेर मतदाताको दैलोमा उपस्थित भएको नेता बताए ।
‘त्यसैले देश विकास र समृद्धिको लागि भुइँमान्छेको आवाज बोकेर संसदमा उपस्थित हुन म उम्मेदवारको रूपमा आएको छु,’ उनले भने, ‘देश विकासको काम चितवन–३ बाट सुरु गर्ने योजनासहित हामी यहाँहरुसमक्ष आएका छौँ।’ उनले पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म जोड्ने पर्यटकीय मार्ग निर्माण गर्ने प्रमुख लक्ष्य लिएर चुनावी मैदानमा आएको बताएका छन् । चितवन जिल्लालाई कृषि र पर्यटन विकासमार्फत तीव्र गतिमा विकास गर्न सकिने भन्दै नेता पाण्डेले जनताको पक्षमा काम गर्न विकास नै आवश्यक रहेको बताएका हुन् ।
बिहीबार भरतपुर महानगरपालिका वडा नं.१६ फुर्तिचोकमा भएको चुनावीसभामा बोल्दै राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता पाण्डेले पश्चिम चितवनलाई कृषि हबको रूपमा निर्माण गरी युवाहरूको रोजगारको ग्यारेण्टी लिने गरी चुनावी मैदानमा आएको बताए । त्यसको लागि विकासप्रेमी एवम् विकासवादी नेतालाई जिताउन उनले आग्रह गरे । पाण्डेले जनता सानासाना समस्या समाधान नहुँदा ठूला तथा सत्ताधारी दलप्रति आजित भएको बताएका छन् ।
देश भ्रष्टाचारको खाडलमा गइसकेको हुँदा भ्रष्टाचाररहित समाज निर्माण होस् भनेर सिद्धि–गणेशको पूजा गरेर चुनावी अभियान सुरु गरेर मतदाताको दैलोमा उपस्थित भएको नेता बताए । ‘त्यसैले देश विकास र समृद्धिको लागि भुइँमान्छेको आवाज बोकेर संसदमा उपस्थित हुन म उम्मेदवारको रूपमा आएको छु,’ उनले भने, ‘देश विकासको काम चितवन–३ बाट सुरु गर्ने योजनासहित हामी यहाँहरुसमक्ष आएका छौँ। अर्को कार्यक्रममा पाण्डेले देशमाथि षड्यन्त्र भइरहेको बताएका छन् ।
बिहीबार भरतपुर–१६ स्थित लामाचोकमा भएको चुनावीसभालाई सम्बोधन गर्दै नेता पाण्डेले यसअघि जितेर गएका नेतृत्वले जनताको मतको दुरूपयोग गरेर संसदमा रजाइँ गरेको आरोप लगाए । ‘मलाई तपाइँहरुको साथमा रहेर काम गर्ने मौका दिनुस्, तपाइँहरुको साथमा म सधैँ रहिरहने छु,’ नेता पाण्डेले भने, ‘अरु नेताले जस्तो आश्वासनमात्रै बाँडेर हिँड्ने मान्छे म होइन, काम गरेर देखाउने मान्छे हो ।’ विकास निर्माणको लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।
यस्तै पाण्डेले मंसिर ४ गते पछि आफ्नो योजना जनतासामु प्रस्तुत हुने दाबी गरेका छन्। ‘मंसिर–४ पछि विकास निर्माणको लागि मेरो ठूलो मास्टर प्लान छ,’ भरतपुर–१६ विजयनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता पाण्डेले भने, ‘त्यसपछि बल्ल मैले गर्न खोजेको काम जनताले देख्नुहुने छ।’ त्यसमध्ये हाललाई पुलचोकदेखि गोलाघाट हुँदै पर्यटकीय नगरी सौराहासम्म जोड्ने गरी तीन लेनको सडक निर्माण गरी पर्यटकीय मार्गको रूपमा विकास गर्ने योजना रहेको उनले बताए ।
नारायणी नदी किनारैकिनार पर्यटकीय सडक निर्माण गर्दा नारायणी नदीमा तटबन्धनका कामसमेत सँगसँगै हुने उनको भनाइ छ। ‘पर्यटकीय मार्ग निर्माण गर्दा नारायणी नदी किनारमा रहेका जनताको मुख्य समस्याको रूपमा रहेको नारायणी नदी तटबन्धनको कामसमेत हुनेछ,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45