March 15, 2025
- ADVERTISEMENT -

जसपाको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

November 5, 2022

काठमाडौं / जनता समाजवादी पार्टी जसपा ले आज शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।आसन्न आम–निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र दिउँसो २ बजे सार्वजनिक गर्न लागेको हो । जसपा नेकपा (एमाले) सँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ ।
प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही दलले अझै सार्वजनिक गर्न बाँकी रहेको छ ।

- ADVERTISEMENT -