२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा दलहरुलाई चुनौति दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको आमसभा आज

प्रकाशित मिति : २०७९ मंसिर १ गते

–बबिलाल तामाङ
चितवन । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल चुनावी आमसभा गर्ने भएको छ । पार्टीले चितवनको नारायणी नदी किनारमा आज (बिहीबार) दिउँसो ३ बजे विशाल चुनावी आमसभा गर्ने भएको हो ।
उक्त आमसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अन्य वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । सभामा देशका थुप्रै जिल्लाबाट युवा सरिक हुने बताइएको छ ।
पार्टीका सभापति लामिछाने चुनाव चिन्ह घण्टी लिएका चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार हुन् । पछिल्लो समय चितवन लगायत देशैभर स्वतन्त्र उमेदवारलाई जिताउने अभियानमा युवाहरुको क्रेज बढ्दो देखिएको छ ।
यसअघि स्थानीय चुनावमा बालेज शाह, हर्क साङपाङ विजयी भएपछि युवाहरु पनि चुनावी प्रतिस्पर्धा निकै खुलेर आएको पाइएको छ । दलहरुले एउटै उमेदवारी दोहोर्याउने, पुरानालाई उपेक्षित गरी नयाँ अनुहार ल्याउँदा असन्तुष्ट पक्षले बागी उमेदवारी दिने गरेको पाइएको हो ।
मतदाताहरुले यसअघि विभिन्न दलहरुलाई आफू खुशी मतदान गरेको भएपनि यसपाली स्वतन्त्रलाई नै दिने आकलन गरिएको छ । दलहरुमा दोहोरिने प्रवृत्ति र पार्टीप्रति वितृष्णा भएकाहरुबाट यसपटकको चुनावमा देशका ठूला पार्टी भनिनेलाई निकै चुनौतीपूर्ण देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39