२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवनमा दलहरुलाई चुनौति दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको आमसभा आज

प्रकाशित मिति : २०७९ मंसिर १ गते
- ADVERTISEMENT -

–बबिलाल तामाङ
चितवन । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल चुनावी आमसभा गर्ने भएको छ । पार्टीले चितवनको नारायणी नदी किनारमा आज (बिहीबार) दिउँसो ३ बजे विशाल चुनावी आमसभा गर्ने भएको हो ।
उक्त आमसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अन्य वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । सभामा देशका थुप्रै जिल्लाबाट युवा सरिक हुने बताइएको छ ।
पार्टीका सभापति लामिछाने चुनाव चिन्ह घण्टी लिएका चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार हुन् । पछिल्लो समय चितवन लगायत देशैभर स्वतन्त्र उमेदवारलाई जिताउने अभियानमा युवाहरुको क्रेज बढ्दो देखिएको छ ।
यसअघि स्थानीय चुनावमा बालेज शाह, हर्क साङपाङ विजयी भएपछि युवाहरु पनि चुनावी प्रतिस्पर्धा निकै खुलेर आएको पाइएको छ । दलहरुले एउटै उमेदवारी दोहोर्याउने, पुरानालाई उपेक्षित गरी नयाँ अनुहार ल्याउँदा असन्तुष्ट पक्षले बागी उमेदवारी दिने गरेको पाइएको हो ।
मतदाताहरुले यसअघि विभिन्न दलहरुलाई आफू खुशी मतदान गरेको भएपनि यसपाली स्वतन्त्रलाई नै दिने आकलन गरिएको छ । दलहरुमा दोहोरिने प्रवृत्ति र पार्टीप्रति वितृष्णा भएकाहरुबाट यसपटकको चुनावमा देशका ठूला पार्टी भनिनेलाई निकै चुनौतीपूर्ण देखिएको छ ।

- ADVERTISEMENT -