२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको क्यान्सर अस्पतालमा भेटिदैन चिकित्सक, सास्ती खेप्दै विरामी

प्रकाशित मिति : २०७९ मंसिर १५ गते

चितवन / वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा विरामीले चिकित्सक भेट्नै गाह्रो भएको छ । विरामीले चिकित्सक नभेट्दा दुःख र सास्ती भोग्नु परेको पाइएको छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदा पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको गुनासो बिरामीको छ ।
चिकित्सक र कर्मचारीका लागि अस्पताल परिसरमै आवासको व्यवस्था छ । सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउँछन् । त्यही आएका बिरामी ल्याएर उपचार गर्ने गरी अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक पनि छन् ।
बिरामी र तिनका आफन्त निजीमा जान प्रेरित गर्ने उद्देश्यले अस्पतालमा कम भेट हुने, शल्यक्रियाका लागि लामो समयपछि मात्रै पालो आउने गरेको गुनासो बिरामीहरु गर्छन् । चिकित्सक मात्रै होइन, कर्मचारीहरु पनि हाजिर गरेर हिँड्ने गरेको सेवाग्राहीको गुनासो छ ।
रोल्पाको थवाङ्बाट उपचारका लागि विगत एक साता अघि चितवन आउनु भएका मालबहादुर डाँगी केही दिनदेखि अस्पतालमा भौतारिरहेका छन् । अझै चिकित्सक भेट्न सकेका छैनन् । विगत एक महिना अघि परीक्षणका लागि दिएको नमुनाको रिपोट देखाउनका लागि उनी अहिले चिकित्सकको पखाईमा भएको बताउँछन् ।
डाँगी उपचारका लागि दुई महिनामा तीन पटकसम्म अस्पताल आएको बताउँछन् । चिकित्सक कुरेर बस्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । पेटमा समस्या भएका कारण चेकजाँचका लागि आएका हुन् । उनका अनुसार खाएको कुरा पेटमा केही अडिदैंन, मुखबाटै फर्कन्छ । यस्तो अवस्थामा चिकित्सक कुर्नु परेको उनको गुनासो छ ।
यस्तै पीडामा पाल्पाबाट आएकी भिमकुमारी थापाको पनि छ । थापा रेडियो थेरापीको लागि आएकी हुन् । आज र भोलि भन्दै पालो पर्खिदैँ बस्नु परेको उनको पिडा छ । अस्पताल आएका बिरामी र उनका आफन्त चिकित्सकको खोजी र उपचारका लागि दिइएको समयको पर्खाइमा बस्दै गरेका छन् ।
यस्तै तनहुँको दुलेगौडाबाट उपचारका लागि आएकी इन्द्रकला लम्साल बहिरंग विभागमा आएर चिकित्सक कुर्दैरहेको दृश्य पनि देखिन्थे । लम्साका अनुसार चिकित्सक कति खेर भेट्न पाइने पत्तो नै छैन । नियमित चेकजाँचका क्रममा आएकी लम्साल विगत एक सातादेखि क्यान्सर अस्पतालमा रहेकी छन् ।
उनले विभिन्न किसिमको परीक्षणका लागि दिएको नमुनाको रिपोर्ट देखाउँदै भनिन्, ‘अब यो देखाएर त घर जान पाइन्छ की भन्ने आशा छ, तर डाक्टर भेट्न पाइन्छ कि पाईदैन निश्चित छैन ।’ चिकित्सक नभेटिएपछि त्यहाँ भेटिएका सहयोगीले चिकित्सक भेट्ने वैकल्पिक उपाय स्वरुप निजी अस्पताल देखाउने गरेको बिरामीका आफन्तको गुनासो छ । यी उदाहरणीय पात्र हुन् । अस्पतालमा आएका बिरामीले विशेषज्ञ चिकित्सक समेत भेट्न कठिन हुने गरेको पाइएको छ ।
चिकित्सक भेट्नका लागि वहिरंग विभागमा आएका बिरामीहरुलाई त्यहाँका कर्मचारीको छुद्र बोलीका कारण पीडित हुने गरेको गुनासो विरामीहरुको छ । विरामीहरुका अनुसार विशेषज्ञ चिकित्सकहरु हाजिर गरेर आफ्नो बहिरंग सेवामा नबस्ने गरेकोे छ । उनीहरु हाजिर गरेर न बहिरंग सेवामा हुन्छन न त शल्यक्रिया कक्षमा नै हुन्छन । एनेस्थेसिया र सर्जनका कारण बिरामीले लामो समय शल्यक्रियाको पालो कुर्नु परेको उनीहरु बताउँछन् । एनेस्थेसीयाले दिउँसो १ बजेपछि काम नगर्दा समस्या बढ्दै गएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम आफूले चिकित्सक कर्मचारीले काम गरिरहेको मान्यता राख्ने बताउँछन् । गुनासोको विषयमा आफूले बुझ्ने भन्दै उहाँ कार्यालय समयमा काम नगर्ने चिकित्सक कर्मचारीलाई कारवाही गरिने बताए । अस्पतालमा हाल एक सय जना विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् ।
विगत केही वर्ष अघि अस्पताल खस्केर अस्तव्यस्त भएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी हालका गृहसचिव बिनोदप्रकश सिंहको नेतृत्वमा अस्पताल सुधार्ने अभियानका रुपमा काम थालिएको थियो । त्यसको प्रभाव केही वर्ष परेको अस्पतालका कर्मचारी बताउँछन् । पछिल्लो पुनः अस्पताल अस्तव्यस्त बनेको उनीहरुको गुनासो छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45