काठमाडौं / भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमको नाफा ह्वात्तै बढ्ने भएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुने भएको हो ।
यसअघि प्राप्त मूल्यसूची अनुसार निगमलाई १५ दिनमा २६ करोड रुपैयाँ घाटा भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो । यतिबेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलर छ ।
डब्लूटीआईको मूल्य प्रतिब्यारेल ८१ डलर र ब्रेन्टको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलर छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइसडटकमका अनुसार आगामी दिनमा कच्चा तेलको माग झनै घट्न सक्छ । र, यसको प्रत्यक्ष प्रभावका कारण मूल्य अझै घट्न सक्छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दाको प्रभाव नेपाली बजारमा समेत परेको हो । यहीकारण यतिबेला निगमलाई १५ दिनको व्यापारबाट ५८ करोड रुपैयाँ फाइदा हुने स्थिति बनेको छ । अहिले चीन सरकारले कोरोना रोकथामका लागि भन्दै कडा लकडाउन घोषणा गरेको छ ।
यस्तै, यतिबेला चीनको बलियो सरकारविरुद्ध लकडाउन खुकुलो बनाउन भन्दै धेरै शहरहरूमा आन्दोलन भइरहेको छ । चीन विश्वको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ आयातकर्ता देश हो । चीनमा पेट्रोलियम पदार्थको माग कम भएपछि विश्वभर नै पेट्रोलियम पदार्थको माग कम भएर मूल्य घटेको हो । चीनमा भइरहेको लकडाउनको कारणले चीनको माग केही मात्रामा भएपनि घटेको छ ।
ठूलो खपतकर्तामा भइरहेको हलचलका कारणले अन्तर्राष्ट्रिय बजारमा तेलको माग घटेको छ । यस्तै, यतिबेला चीनसहित विश्वको तेस्रो ठूलो तेल खपतकर्ता भारतले समेत रुसबाट सस्तो मूल्यमा तेल किनिरहेको छ । यसले गर्दा पेट्रोलियम पदार्थको माग घटेको छ । यहीकारण, विश्वबजारमा कच्चा तेलको मूल्य घटेको जानकारहरू बताउँछन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

इन्धनको मूल्य १३ रुपैयाँले घट्यो, उपभोक्तालाई ज्यूँका त्यूँ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39













