काठमाडौं / रुसको मिसाइल आक्रमणबाट युक्रेनका शहरहरुमा दुई जनाको मृत्यु भएको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तीमा दुई जनाको मृत्यु भएको हो ।
युक्रेनका ऊर्जा क्षेत्रमा मिसाइलबाट क्षति भएको छ । यसैको कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । आक्रमणपछि सार्वजनिक भएका केही तस्वीरहरुमा जाडोबाट जोगिन न्याना कपडा लगाएका मानिसहरु भूमिगत रेल स्टेशनहरुमा शरण लिएर बसेको देखिन्छ । यतिबेला त्यहाँको तापक्रम माइनस ५ डिग्री सेल्सियस छ ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एयर डिफेन्स फोर्सले केही रुसी मिसाइललाई असफल पारेको बताएका छन् । साथै उनले बिजुली आपूर्ति सुरु गराउने काम भइरहेको जानकारी पनि दिएका छन् ।
रुसको मिसाइल आक्रमणमा परेर कम्तीमा २ को मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
