चितवन / भरतपुर महानगरपालिकाले साना तथा ठुला सवारी साधनलाई व्यवस्थापन गर्ने कार्य सुरु भएको छ ।
बुधबार भरतपुर महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न ५ वटा महत्वपूर्ण निर्णय गरी पुस ७ गतेदेखि पूर्ण रुपमा कार्यान्वनमा ल्याउन लागेको हो ।
पछिल्लो समय बढदै गएको सहरीकरणसँगै सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै भरतपुर महानगरपालिकाले तत्काल केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा अनिवार्य पार्किङको व्यवस्था गरेको छ । सवारी साधानको निर्णय अनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माईक्रो लगायतको भाडाको सवारी साधनहरुको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाईपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनु पर्ने छ ।
पूर्वबाट पश्चिम बुटवल, धनगडी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाईन्सचोक हुँदै पुलचोकबाट बाहिरिनु पर्ने व्यवस्था गरिएको छ । पश्चिम जाने यात्रुबाहक सवारी साधनले केन्द्रीय बर्स पार्कबाट पिक एण्ड ड्रप गरी पश्चिमतर्फ निस्किने नियम बनाईएको छ ।
यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने म्याजिकहरुको क्यु लिने र पार्किङ गर्ने स्थल नारायणगढ बसपार्कमा गर्नुपर्ने निर्णय गरिएको छ । भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहाक बस र म्याजिकको क्यु लिने र पार्किङ गर्ने स्थान केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाईएको छ ।
नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दुरीका बस प्रवेशमा निषेध गरिएको छ ।
यस्तै काठमाडौँ पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहाक सवारी साधन ट्रक, लहरी, टिप्पर जस्ता मालबाहाक सवारी साधनहरुलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ । महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बार क्षेत्रमा जथाभावी हर्न बजाउन निषेध गरिएको छ ।
यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँया बायाँ भागमा निजी तथा भाडाका सवारी साधनहरुलाई पार्किङमा निषेध गरिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुन्दर र सुसस्कृति भरतपुर महानगरको परिकल्पना अनुसार सवारी साधनलाई व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।
गोन्द्राङदेखि पुलचोकसम्म ६ लेन सडक निर्माण भईरहेकाले दुर्घटनाको जोखिम बढ्दै गएसँगै तत्काल सवारी व्यवस्थापनमा जुटेको उल्लेख गर्नुभयो । महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारी, वातवरण शाखा प्रमुख विराट घिमिरे, यातयात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सवारी साधनको व्यवस्थापन पुस ७ बाट कार्यान्वयनमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












