काठमाडौं / फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेल कतारमा सम्पन्न हुँदैछ । अर्जेन्टिना र फ्रान्स फिफा विश्वकप उपाधिका लागि आज (आइतबार) राति (नेपाली समय अनुसार ८ बजेर ४५ मिनेटमा) फाइनल भिडन्त गर्नेछन् ।
अर्जेन्टिनाले मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० ले हराएर फाइनल प्रवेश गरेको थियो भने बुधबार दोश्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फ्रान्स र अर्जेन्टिनाले समान दुई–दुई पटक विश्वकपको उपाधि हात पारिसकेका छन् ।
विश्व फुटबलका सुपरस्टार लिओनल मेसीले आफ्नो देशका लागि भने यो अन्तिम खेल खेल्दैछन् । मेसीको ‘फुटवर्क’ ले सारा फुटबल प्रेमीलाई रोमाञ्चित बनाएका छन् । मेसीको अन्तिम खेल भएकै कारण अन्तर्राष्ट्रिय खेल हेर्न यसपटक सबै लालायित देखिएको छ ।
कतारको लुसेलस्थित लुसेल रंगशालामा मेसीले साउदी अरेबियासँग पहिलो खेल खेलेका थिए । त्यसपछि उनले यो रंगशालामा मेक्सिकोविरुद्ध पनि खेले । त्यही खेलमा विश्वकप २०२२ को पहिलो जितको स्वाद चाखे । समूह चरणमा पोल्यान्डसँग ९७४ रंगशालामा खेलेपछि अस्ट्रेलियासँगको अन्तिम १६ को खेल भने अहमद बिन अली रंगशालामा भएको थियो ।
त्यसपछि दुवै खेल उनले लुसेल रंगशालामै खेलेका छन् । नेदरल्यान्ड्स विरुद्धको क्वार्टरफाइनल र क्रोएसिया विरुद्धको सेमिफाइनलमा उनले लुसेलमा आफ्नो जादू देखाएका थिए ।
जारी विश्वकपमा खेलेका ६ खेलमध्ये ४ खेल लुसेलमा खेलिरहेका मेसीका अन्तिम खेल पनि यही रंगशालामा हुँदैछ । उनका लागि यो मैदान ‘होम ग्राउन्ड’ जस्तै भएको छ । के थाहा मेसीका लागि झन्डै ९० हजार दर्शक अट्ने रंगशाला एउटा ‘लक’ पो बनिदिन्छ कि !
३४ वर्षीय मेसीका लागि क्लब फुटबलमा हासिल गर्नु पर्ने उपलब्धि केही बाँकी रहेन । गत वर्षसम्म देशका लागि अन्तर्राष्ट्रिय उपाधि जित्ने चुनौती थियो । त्यो पनि उनले कोपा २०२१ मा ब्राजिललाई हराएर अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोडिदिए ।
तर उपाधि जित्नका लागि मैदानमा लड्न पर्छ, विपक्षीको पोस्टमा गोल हानेर खेल जित्न पर्छ । मेसीका लागि बिदाइ खेल सहज छैन । अर्जेन्टिनाले प्रतियोगिताकै सबैभन्दा बलियो टिम अझ साविक विजेता फ्रान्स प्रतिद्वन्द्वी पाएको छ । टिममा विश्वकपका नाम चलेका प्रतिभाशली खेलाडीको जमघट छ । अझ अहिलेका युवा स्टार केलियन एमबाप्पे टिममा छन् ।
मेसीलाई झैं एमबाप्पेलाई पनि यो विश्वकप उतिकै महत्वपूर्ण छ । उनी २३ वर्षका भए। १९ वर्षको उमेरमा चार वर्षअघि रसियामा विश्वकपको ट्रफी उचालेका एमबाप्पे २३ वर्षको उमेर अर्को ट्रफी उचालेर इतिहासमा आफ्नो स्वर्ण अक्षरले लेख्न चाहन्छन् ।
त्यो इतिहास लेख्नका लागि एमबाप्पेमा क्षमता पनि छ । एमबाप्पेको सबैभन्दा ठूलो हतियार उनको गति हो । उनी यति उच्च गतिमा दौडन्छन् कि विपक्षी टोलीका रक्षकलाई रोक्न हम्मेहम्मे पर्छ ।
उनको गतिलाई चुनौती दिनेहरू पनि छन्, तर एमबाप्पेसँग गोल गर्ने गति र क्षमता अरु खेलाडीको भन्दा फरक किसिमको छ । मेसीले आफ्नो लागि विश्वकप जित्ने अन्तिम अवसर भएको भनिरहदा एमबाप्पेले आफ्नो लक्ष्य लगातार दोस्रो पटक उपाधि जित्ने बताएका छन् । जारी विश्वकपमा दुवैले पाँच–पाँच गोल गर्दै गोल्डेन बुटको लागि अग्रपंक्तिमा छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

फुटबल महाकुम्भको फाइनल : अर्जेन्टिना र फ्रान्सको भिडन्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39














