२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आदर्श तमू समाजको भवन मेयर रेनु दाहालद्वारा उद्घाटन

प्रकाशित मिति : २०७९ पुष ७ गते

स्थापनाको दुई दशकमा निर्माण सम्पन्न
चितवन । आदर्श तमू समाजको भवन उद्घाटन गरिएको छ । भरतपुर–४ लंकू टाँडीमा निर्मित सामाजिक भवनको बुधबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी हुन् । प्रतिव्यक्ति आर्थिक संकलन गरेर उठाएको भवन निर्माणले संस्था स्थापना भएको करिब दुई दशकपछि बल्ल पूर्णता पाएको थियो ।
बजेट अभावका कारण हरेक वर्ष विभिन्न टोल सुधार समिति, आमा समूहलाई समेत सहयोग मागेर भवन निर्माण गरिएको समाजका अध्यक्ष वर्तमान गुरूङले जानकारी दिए । २०६३ सालमा खरिद गरेको एक कठ्ठा जमिनमा भुईँतला र पहिलो तलामा दुई वटा सानो हलसहितको चार कोठा र छतमा भान्छा कोठा निर्माण गरिएको छ ।


त्यसका साथै भुईँतलामा ट्रस र जिप्सन लगाएर भुईँमा टायलसमेत ओच्छ्याइएको छ । यति गर्दा जग्गा खरिदबाहेक पनि करिब ६० लाख रूपैयाँभन्दा बढी खर्च लागेको समाजका कोषाध्यक्ष खिम गुरूङले जानकारी दिए। जग्गा भने तत्कालीन अवस्थामा करिब साढे सात लाख रूपैयाँमा खरिद गरिएको उनले बताए । संस्था स्थापनाताका जम्मा १२ घरधुरी मात्रै गुरूङहरू यस क्षेत्रमा बसोबास गर्थे । तर, अहिले बढेर ३८ घरधुरी भइसकेका छन् ।
२०५२ सालदेखि नै गुरूङ समुदायको बसोबास रहे पनि संख्या कम हुँदा समाजको स्थापना हुन सकेको थिएन। समाजमा केही कार्यक्रम गर्नु परे पनि जातीय परम्परा र संस्कारअनुसार काम गर्न असहज भएपछि समाज गठनको आवश्यकता महसुस गरेर गुरूङ समुदायले एकताको डोरी बाँधेको समाजका सचिव गणेशकुमार गुरूङको भनाइ छ । अहिले सदस्य संख्या बढ्दै जाँदा हरेक कृयाकलापमा सहज भएको उनले बताए । गुरूङ समुदायको मात्र नभई लंकू टाँडीमा बसोबास गर्ने जोकसैका लागि पनि कार्यक्रम आयोजना गर्न सहज भएको छ ।

- ADVERTISEMENT -

Advertisement


२०७६ सालको जेठ महिनाबाट भवन निर्माणको काम थाले पनि २०७७ सालको असोजमा मात्रै भवन निर्माणले पूर्णता पाएको थियो। त्यसपछि ट्रस, जिप्सन र टायल लगाउने काम गरिएको समाजले जनाएको छ । स्थानीयको अथक प्रयासबाट सामाजिक संरचना खडा भए पनि केही रकम भने भरतपुर महानगरपालिकाले पनि उपलब्ध गराएको थियो । भरतपुरको वडा नं.४ बाट ३९ हजार ४०० र भरतपुर महानगरपालिकाबाट एकपटक ९८ हजार ३०१ र गत आर्थिक वर्षमा छ लाख ५४ हजार १६५ रूपैयाँ गरी जम्मा सात लाख ९१ हजार ८६६ रूपैयाँ प्राप्त भएको थियो ।
कार्यक्रममा संस्थाको भौतिक संरचना निर्माण गर्नको लागि आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई दोसल्ला र खादामार्फत सम्मानसमेत गरिएको थियो। तमू ह्युल छोँज धीँ चितवन, भरतपुर महानगरपालिका वडा नं. ४ लगायत विभिन्न टोल सुधार समिति तथा समाजको अध्यक्ष एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा आदर्श तमू समाजका युवायुवतीले सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39