२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

डोजर चलेपछि नारायणगढ बजार अस्तव्यस्त, आज पनि निरन्तरता दिँदै

प्रकाशित मिति : २०७९ पुष ९ गते
सडक डिभिजन भरतपुरले डोजर चलाएपछि कुरुप बनेको शहीदचोककै एक घर । तस्विर : न्यूजप्रवाह ।

चितवन / नारायणगढ बजार क्षेत्रभित्र पूर्व–पश्चिम राजमार्गको अधिकार क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनामा आज (शनिबार) पनि डोजर चलाइने भएको छ । सडक डिभिजन भरतपुरले हिजो पुल्चोकदेखि शहीदचोक आसपासका विभिन्न संरचना तथा घरहरुमा डोजर चलाएपछि नारायणगढ बजार क्षेत्र नै कुरुप बनेको छ ।
डोजर चलाइएका कारण हाल बजार क्षेत्र अस्तव्यस्त र व्यवसायीहरु ठूलो मर्कामा परेका छन् । भत्काएका संरचनाहरु धरासायी भएका छन् भने बिजुली, इन्टरनेटका केवलतारहरु चुँडिएर भुइँमा यत्रतत्र छरिएका छन् ।
उद्योग वाणिज्य संघ चितवनले पुलचोकदेखि लायन्सचोकसम्मका राजमार्गबाट दक्षिणतर्फका संरचना भत्काएपछि विरोध जनाएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले अदालतको निषेधाज्ञाको आदेशका विपरित व्यवसायीका संरचना भत्काउने काम भएको भन्दै उक्त काम तत्काल रोक्न आग्रह गरेका छन् ।
तर, सडक डिभिजनले भने सबै पक्षसँगको सहमति र छलफलपछि नै अवैध संरचना भत्काउन लागिएको बताएको छ । सडक डिभिजनका इन्जिनियर सागर कार्कीले आज पनि अवैध संरचना भत्काइने बताएका छन् । काम रोक्न अदालतले दिएको आदेशबारे जानकारी नभएको उनको भनाइ छ ।
‘उद्योग वाणिज्य संघको विज्ञप्तिबारे हामीलाई जानकारी छैन । हामीले गतवर्षदेखि नै सार्वजनिक सूचना निकालेर, सबैसँग छलफल गरेर नै अवैध संरचना भत्काउन लागेको हो’, उनले भने, ‘सडक अधिकार क्षेत्र खुला गर्ने हाम्रो काम नै हो ।’
यसैबीच बजार क्षेत्रमा विभिन्न व्यवसाय गरी बसेका व्यवसायीहरुले घरपेटीले जानकारी नदिँदा अप्रत्यासित क्षति ब्यहोर्नु परेको गुनासो गरेका छन् । घरपेटीबाट पूर्व जानकारी नहुँदा क्षति धेरै हुने व्यवसायीहरुको बुझाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68