२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धि विनायकको विस्तारित मञ्च तथा परिचयात्मक

प्रकाशित मिति : २०७९ पुष १४ गते

चितवन / भरतपुर वडा नं. २ क्षेत्रपुरमा अवस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.ले आन्तरिक कार्यविधि संशोधन तथा अनुमोदनका लागि विस्तारित मञ्च तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
‘सक्षम र समृद्ध सदस्यता’ भन्ने मूल नाराका साथ संस्थाले पहिलो पटक आन्तरिक कार्यविधि संशोधन तथा विस्तारित मञ्चको बैठक भरतपुर १६ को ज्ञानेश्वर सामुदायिक वनमा आयोजित पुराना तथा नयाँ सदस्यहरुबीच परिचयात्मक कार्यक्रमको अवसरमा सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का संचालक सदस्य तेजेन्द्रबहादुर खड्काले सहकारी नीति, विधि र प्रविधिमा चल्नु पर्ने बताए । नीति, विधि र प्रविधिको अभियानमा चलायमान भए कुनै पनि समस्या र संकट नआउने प्रमुख अतिथि खड्को भनाइ थियो ।


संस्थालाई सुशासन अभियान अन्तर्गत आफ्नो सदस्यहरुलाई संस्थाको गतिविधि तथा वित्तीय संस्थाहरुको बारेमा जानकारी गराउन उनले आग्रह गरे । उनले सुशासन अभियानमध्ये विस्तारित मञ्च पनि एक भएको प्रष्ट पार्दै संस्थाले कम्तीमा वर्षमा एक पटक विस्तारित मञ्चको कार्यक्रम गर्नुपर्ने बताए ।
विश्वव्यापी रुपमा आर्थिक संकट भएकाले अन्य खर्चलाई कटौती गरेर उपभोग गर्न सुझाव दिए । ऋणी शेयर सदस्यहरुले समयमा ऋण तिर्न आग्रह गर्दै संस्था बचाउनु पर्ने बेला भएको उनको भनाइ थियो । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शालिक घिमिरे, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष हरिश्चन्द्र सुवेदी, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चिरञ्जिवी सुवेदी, संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव मुकुन्दप्रसाद गौतमले गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72