March 15, 2025
- ADVERTISEMENT -

अबको कार्यकाल भाषण कम, काम धेरै गर्ने योजनामा छु : प्रम दाहाल

December 31, 2022
File photo.

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको कार्यकाल देश, जनताको पक्षमा, सुसासन र विकासको पक्षमा खर्चने योजना बनाएको बताएका छन् । चितवनमा शनिवार आयोजित नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रममा प्रधानमन्त्री दाहालले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा खर्चने योजना बनाएको बताएका हुन् ।
उनले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा गरेको घोषणा गरेका छन् । उनले प्रधानमन्त्रीको सपथ ग्रहणलगत्तै सम्पन्न मन्त्रपरिषद्को पहिलो बैठकमै देशमा जारी आर्थिक संकट टार्न आवश्यक पहल गरेको बताए ।
साथै, अब देशमा व्याप्त भ्रष्ट्रचार, अनियमितता हटाइ सुसासन कायम गर्ने पक्षमा रहेको उनकोेनाइ थियो । जनतालाई पीरमर्का पर्ने कुनै पनि काम नगर्ने उनले प्रतिज्ञा पनि गरे ।

- ADVERTISEMENT -