–बबिलाल तामाङ
खैरहनी / थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गर्न लागेको आठौँ खिचरा महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस २८ देख माघ ४ गतेसम्म हुने महोत्सवका लागि अहिले धमाधम स्टल निर्माण, गेट निर्माणलगायतका आन्तरिक तथा बाह्य तयारी भइरहेको महोत्सव आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए । महोत्सवको मूल गेटबाटै थारू संस्कृति र पहिचान झल्काउने प्रयास गरिएको उनले बताए ।
गेटमात्र नभई महोत्सव स्थलभित्र थारू जातिको पहिचान झल्किने खालका विभिन्न आकृतिसमेत निर्माण गरिने उनले बताए । उनका अनुसार महोत्सवमा व्यावसायिक स्टल भने २० वटा होटलसहित कुल १३० वटा स्टल रहनेछन् ।
यसपटकको महोत्सवमा थारू जातिको बसोबास रहेका सबै जिल्लाका थारू परिकार चखाउने प्रयास गरिएको महोत्सवका प्रवक्ता नारायण महतोले जानकारी दिए । ‘हामीले थारू जातिको बसोबास रहेका सबै जिल्लाका थारूलाई बोलाएर आ–आफ्नो स्थानको परिकार चखाउने प्रयत्न गरिरहेका छौँ,’ उनले भने, ‘कतिसम्म सम्भव हुन्छ, हेरौँ ।’
महोत्सव अवलोकन गर्नको लागि सर्वसाधारणको लागि रू.५० र विद्यार्थीका लागि रू.३० प्रवेश शुल्क तोकिएको छ । तर, थारूसहित आदिवासी जनजाति समुदायको पहिरनमा आउने जोकसैलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको उनले बताए । ‘हामीले आदिवासी जनजाति समुदायको भेषभूषाको प्रवद्र्धन गराउनको लागि पनि पूरै भेषभूषामा सजिएर आउने जोकसैलाई प्रवेश शुल्क नलिने निर्णय गरेका छौँ,’ उनले भने ।
महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितासमेत सञ्चालन हुनेछ । विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने तयारी भइरहेको महोत्सव प्रचारप्रसार समितिका संयोजक दीपेश चौधरीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरका लागि पेट तथा छाती रोग, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नसा, मधुमेह तथा उच्च रक्तचाप, नाक, कान घाँटी तथा थाइराइड, क्यान्सरको स्क्रिनिङलगायतका विषय विज्ञसहितको टोलीले स्वास्थ्य परीक्षण गराउने छन् ।
त्यसबाहेक राष्ट्रियस्तरका ख्यातीप्राप्त कलाकारहरूमार्फत सांस्कृतिक कार्यक्रम तथा बृहत् कृषि उपज प्रदर्शनीले पनि प्राथमिकता पाएको छ । बालबालिकाहरूका लागि बाल उद्यानको समेत तयारी भइरहेको उनले बताए । चितवनका थारू समुदायले माघी पर्वको अवसर पारेर हरेक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आइरहेको छ । खिचरा थारू समुदायको महत्वपूर्ण पर्व हो । सोही अवसरमा खैरहनी नगरपालिका वडा नं.५ स्थित जबकौलीमा महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । त्यसका लागि ५५ लाखभन्दा माथि खर्च लाग्ने अनुमान गरिएको प्रचार संयोजक चौधरीले जानकारी दिए । महोत्सवमा करिब पाँच करोडबराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘आठौँ खिचरा महोत्सव’को तयारी अन्तिम चरणमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.41
153.01

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
205.65
206.46

Swiss Franc
1
187.62
188.35

Australian Dollar
1
107.56
107.98

Canadian Dollar
1
109.33
109.76

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.29
37.44

South Korean Won
100
10.72
10.76

Swedish Kroner
1
15.95
16.01

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.05
498.00

Bahrain Dinar
1
404.24
405.84

Omani Rial
1
395.85
397.41














