२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

नेपाली सेनाद्वारा ‘किंगफिसर ताल’ ४ समुदायलाई हस्तान्तरण

प्रकाशित मिति : २०७९ पुष ३० गते

चितवन / नेपाली सेनाले उच्च प्राथमिकतामा राखेर पुनर्निर्माण सम्पन्न गरेको भरतपुर ६ केसरवागस्थित ‘किङफिसर’ ताल स्थानीयलाई हस्तान्तरण गरेको छ । किङगफिसर ताल ४ नामाकरण गरिएको ताल शुक्रबार नवज्योति सामुदायिक बन उपभोक्ता समूह भरतपुर ६ लाई हस्तान्तरण गरिएको हो ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा तालतलैया संरक्षण र पुनर्निर्माणको महत्वपूर्ण परियोजनाका रूपमा सेनाले उक्त कार्य गरेको हो । निर्माणको जिम्मेवारी पूरा गरेसँगै सेनाले उक्त ताल स्थानीयलाई हस्तान्तरण गरेको जनाएको छ । किङफिसर एक, दुई र तीन यसअघि नै स्थानीयलाई हस्तान्तरण गरी सकिएको छ ।
भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले तालको संरक्षण र प्रबर्द्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताए । चितवन देशकै तेस्रो गन्तव्यको रुपमा रहेको बताउँदै उपप्रमुख अधिकारीले स्थानीयस्तरमा भएको ताल तलैयाहरुको संरक्षण र सम्बर्द्धन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न ढिला गर्न नहुने तर्क गरे ।
किङफिसर भन्ने चरा त्यस स्थानमा आएर चरीचरन गर्ने क्रममा माछा खाने गरेकाले उक्त तालको नाम किङफिसर ताल राखिएको हो । किङफिसर ताल मुलुकुमा रहेका पाँच हजार ३ सय ५८ तालमध्ये निकै चर्चामा रहेको एक महत्वपूर्ण ताल हो ।
पूर्वपश्चिम राजमार्गको हाकिमचोकबाट सात किलोमिटर दक्षिण, खगेरी दह पश्चिम तथा बीसहजारी ताल नजिक अवस्थित उक्त ताल मानव निर्मित हो । नवज्योति सामुदायिक वन मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सहयोगमा विसं २०६२ मा पुनर्निर्माण गरिएको उक्त तालमा पानीको स्थायित्वका लागि बीचबीचमा बाँध लगाइएको छ ।
बाँधले छुट्याए अनुसार किङफिसर एक, दुई, तीन र चार नामकरण गरिएको उक्त ताल निर्माणका लागि वन मन्त्रालयअन्तर्गत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास कार्यक्रमबाट विभिन्न आर्थिक वर्षहरुमा बजेट विनियोजन गरिएको थियोे ।
केही वर्षदेखि चौरमा परिणत भएको र त्यस क्षेत्रको वैभव बोकेको उक्त ताल पुनर्निर्माणका लागि स्थानीयवासीले पटकपटक आग्रह गरेपछि सैनिक नागरिक सम्बन्धको नमूना कार्य बनाउने उद्देश्यले किङफिसर ताल निर्माणलाई प्राथमिकता दिइएको हो ।
ताल निर्माणपछि त्यस क्षेत्रमा रहेका लोपोन्मुख जलीय प्राणीको संरक्षणका साथै पर्यावरणीय सन्तुलनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ । ताल निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले त्यस क्षेत्रमा व्यापार व्यवसाय र चहलपहल बढने स्थानीयवासीको भनाइ छ ।
उक्त ताल पुनर्निर्माणका लागि कालीप्रसाद गण (ई) लाई सेनाले व्यवस्थापनको जिम्मेवारी दिएको थियोे । विगत ४ वर्षदेखि नेपाली सेनाबाट तालको रेखदेख तथा संरक्षण हुँदै आएको थियोे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68