प्रचण्डका नातेदार को कुन पदमा ?
काठमाडौं । १ नं प्रदेशको मन्त्रीमा प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाँइ जीवन आचार्य शुक्रबार मात्रै नियुक्त भएका छन् । यसपटक मोरङ क्षेत्र नं ६ प्रदेशसभातर्फ (१) बाट निर्वाचित उनलाई १ नं प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार पद तथा गोपनियताको शपथ दिलाए ।
मन्त्री बनेका आचार्य प्रचण्डकी कान्छी छोरी गंगा दाहालका पति हुन् । आचार्यकी श्रीमती गंगा दाहाल अध्यक्ष तथा प्रधानमन्त्री बुबा पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव छिन् ।
प्रदेशको मन्त्री नियुक्त भएका उनको मन्त्रालय भने तोकिएको छैन । सत्ता गठबन्धनमा रहेका दलको सहमतिमा मन्त्रालयको टुंगो लगाउने बताइएको छ ।
प्रचण्डका ज्वाँई आचार्यले शुक्रबार १ नं प्रदेशको मन्त्रीमा नियुक्त भएर शपथ ग्रहण गरेसँगै माओवादी वृत्तमा आलोचना सुरु हुन थालेको छ । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा सहभागी अधिकांश नेताकार्यकर्ताहरुले उनको आलोचना सुरु गरेका छन् ।
‘जनयुद्ध’ लड्ने जनताका छोराछोरी, पदका हकदार प्रचण्डका नातेदार !
माओवादीकै प्रदेश १ सिनियर नेताहरुले असन्तुष्टि जनाइरहेका छन् । उक्त प्रदेशमा माओवादीले मुख्यमन्त्री दाबी गर्दा समेत उनै आचार्यले केन्द्रमा ससुरा प्रधानमन्त्री प्रचण्डसँग मुख्यमन्त्री नदिन लबिङ गरेको भन्दै १ नं प्रदेशसभाका माओवादी सांसदहरुले असन्तुष्टि ब्यक्त गरिरहेका थिए ।
मुख्यमन्त्री माओवादीले पाए संसदीय दलका नेता इन्द्र आङबो बन्ने र आफू मन्त्री हुन नपाउने भएकाले आचार्यले केन्द्रमा १ नं प्रदेश एमालेलाई छाड्न दबाव दिएको माओवादीकै प्रदेश १ का नेताहरु बताउँछन् ।
अधिकांश सिनियर नेताहरुलाई पछि पार्दै मन्त्री बनेका उनको पार्टीमा राजनीतिक योगदान खासै नभएको बताइन्छ। प्रचण्डकी छोरी गंगा दाहालललाई विहे गरेपछि मात्रै उनी माओवादीमा जोडिएको स्वयम माओवादी नेताहरु बताउँछन् ।
प्रदेश १ का एक माओवादी नेताले आचार्य मन्त्री बन्न अभिशप्त भएका घटनाले जनयुद्धकालीन इमान्दार कार्यकर्ताहरुको अपमान भएको बताउँछन् ।
प्रचण्डका ज्वाँइ भएकै कारण आचार्यले छोटो समयमै पार्टीमा लाभको पद धारण गर्नुले इमान्दार नेता कार्यकर्ताको योगदानको उपहास भएको उनले बताए ।
आचार्य मन्त्री बनेसँगै माओवादीका ती नेताले भने,‘प्रचण्डकै ज्वाँइ भएका उनलाई मन्त्री बन्न किन यति लालयित हुनुपर्ने?, उनलाई कसले चिन्दैन उनको प्रचण्डसँग जोडिएको पारिवारिक नाताले मुख्यमन्त्री लगायत सबैले महत्व दिन्थे तर यसरी मन्त्री बन्न अभिशप्त हुँदा परिवारवादको फेरि अर्को आरोप प्रचण्डले खेप्नुपर्यो। यसको समग्रमा हानि पार्टीलाई हुन्छ’
ती नेताका अनुसार आचार्यलाई मन्त्री बनाउन केन्द्रबाटै तीव्र दबाव दिइएको थियो । फलस्वरुप माओवादीका अधिकांश प्रदेशसभा सदस्यहरुको असन्तुष्टिका बाबजुद उनलाई मन्त्री नियुक्त गरिएको हो ।
माओवादीमा प्रचण्डलाई परिवारवादको आरोप लागेको घटना यो नौलो भने होइन। यसअघिका पनि प्रचण्डका अन्य नातेदारहरुले पटक– पटक अवसर पाएकोे लामै फेहरिस्त छ ।
उनकी अर्की छोरी रेणु दाहाल अहिले दोस्रो कार्यकाल भरतपुर महानगरपालिकाको मेयरको कार्यभार सम्हालिरहेकी छिन् । उनी दुई पटक नै नेपाली कांग्रेसको सहयोगमा निर्वाचित भएकी हुन् । अघिल्लो पटक निर्वाचित हुँदा मतपत्र च्यातेर निर्वाचन जितेको गम्भीर आरोप उनीमाथि लागेको थियो ।
पार्टीमा योगदान बिना प्रचण्डकै नातेदार भएकाले अवसर पाएको घटनाका फेहरिस्त लामै छन् । केही समय अगाडि अष्ट्रेलियका राजदूत बनाइएका महेश दाहाल समेत यसको अर्को उदाहरण हुन् ।
चितवन निवासी दाहाल माओवादीमा कुनै योगदान भएका पात्र होइनन् । उनी तत्कालीन नेकपा हुँदा कांग्रेसबाट माओवादीमा प्रवेश गरेका थिए । प्रचण्डका पारिवारिक नातेदार भएकै उनी अष्ट्रेलियको राजदूत बन्न सफल भए । जबकी उनको सम्पूर्ण परिवारका सदस्य आजसम्मै नेपाली कांग्रेसमा आवद्ध छन् ।
अष्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई मानव वेचविखनको मुद्दा लागेर राजीनामा दिएपछि दाहाल राजदूत नियुक्त भएका थिए । प्रचण्डकै नाता पर्ने भएकाले राजदूत हुन सफल भएको भन्दै माओवादीमा उनको तीव्र आलोचना भएको थियो ।
तर, प्रचण्ड नेतृत्वको पार्टीमा उनीविरुद्ध बोल्ने हिम्मत कसैले गर्दैनन् । नेतृत्वको विरुद्धमा बोले किनाराकृत गरिन्छ । त्यसैले अवसरबाट बञ्चित भइने भयले माओवादीमा नेता कार्यकर्ताहरु बोल्न डराउँछन् ।
तत्कालीन नेकपाकालमा केपी ओली नेतृत्वको सरकारमा बुहारी विना मगरलाई मन्त्री नियुक्त गरेका थिए । सुदूरपश्चिमका उनका समकालीन नेताहरु जिल्ला तहमै काम गरिरहेका छन् । तर उनी प्रचण्डकै बुहारी भएकै कारण खानेपानी मन्त्री हुन सफल भएकी थिइन् ।
यस्तै नाताले प्रचण्डका भाइ पर्ने नारायण दाहाललाई केही समय अगाडि राष्ट्रिय सभाको सांसद बनाइएको थियो ।
दाहालका छोरा समिर दाहाल प्रचण्डको दोस्रो प्रधानमन्त्रीत्वकालमा स्वकीय सचिव रहेका थिए । प्रचण्डसँग पारिवारिक नातेदार भएकै कारण आर्थिक अपारदर्शितामा जोडिएका यिनै नारायण दाहालका नाति एवं समीर दाहालका छोराको बिहेलाई लिएर माओवादीभित्र चर्को आलोचना भएको थियो ।
समिर दाहालका छोराको मंसिर १६ गते काठमाडौंको गोकर्ण रिसोर्टमा भएको बिबाहमा करोडौं खर्च गरेर बिहे गराइएको भन्दै माओवादी निकट बुद्धिजीवी संगठनका सहसंयोजक निलकण्ठ तिवारीले सामाजिक सञ्जालमै आलोचनात्मक टिप्पणी गरेका थिए ।
यी त प्रतिनिधिमूलक घटनामात्रै भए अध्यक्ष प्रचण्डसँग नाता जोडिए मात्रैपनि माओवादीमा अवसरै अवसर पाइन्छ भन्ने अर्को उदाहरण हो । गुल्मीबाट उम्मेदवारी दिएका माओवादी नेता बुद्धि जिसी हुन् ।
उनले प्रचण्डका सम्धी रेणु दाहालका ससुरा टिबी पाठककी छोरी बिहे गरेका छन् । रेणुको नन्दसँग बिहे गरेका उनीे यसपटक गुल्मी २(ख)बाट लुम्बिनी प्रदेशसभामा उम्मेदवारी दिएका थिए। यद्यपि पराजित हुन पुगे ।
माओवादीका अधिकांश जनयुद्धकालीन नेताहरुको आर्थिकरुपमा कष्टपूर्ण जीवन ब्यतित गरिरहेको बेला प्रचण्डका नातेदारहरुलाई एकपछि अर्को गर्दै लाभको पद दिलाइनुले माओवादी कमजोर भएको माओवादीकै इमान्दार नेता कार्यकर्ताहरु बताउँछन् ।
पार्टीमा इमान्दारितापूर्वक काम गर्ने भन्दा नेतृत्वको नजिक भएकै कारण अवसर पाउने प्रवृत्तिले पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताहरु राजनीतिबाट निराश हुँदै पलायन भएको बताइन्छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रम प्रचण्डका ज्वाँइ १ नं प्रदेशको मन्त्री, माओवादीभित्र आलोचना सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97













