चितवन / पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज (शनिबार) बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री बिभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश शन्यास आश्रमकका पिठाधीश १००८ स्वामी रमणानन्द जी महाराज सहित सन्तमहन्त, बटुक लगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवतरुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो ।
सो अबसरमा देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष बद्री अधिकारी, सदस्य नवराज ढकाल लगाएतको उपस्थिती रहेको थियो । यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवतरुपमा मेलाको शुभारम्भ गरिए संगै बाहिरबाट भक्तजनहरु आउने क्रम सुरु भएको छ । उहाँले भन्नुभयो “बिगत तीन वर्ष कोभिडका कारण रोकीएको मेला पुनः सुरु गर्न लागिएको हो ।” मेला भर्न ५ लाख भक्तजन आउने अनुमान समितिले गरेको छ ।
मेला भर्न आउनेहरुका लागि प्रबेशद्धार रामनगरमा र बाहिरीने आपटारीबाट वनाईएको छ । मेलाको तयारी तिब्र पारिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माघे सक्रान्ति मेलाको अबसरमा आज र भोली नारायणगढ मुग्लिन सडक खण्ड नरोकिने जानकारी दिनुभयो ।
पुल निर्माणका लागि भित्तो काट्ने काम भईरहेकाले पुष ५ गते देखि दिउँसोमा सवारी रोकी काम गरिदैं आएको थियो । सक्रान्ति मेलाका लागि सडक नरोकीने भएको हो । आजराती भक्तजनहरु जगाराम बस्ने प्रचलन रहेको छ ।
शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।
- ADVERTISEMENT -

देवघाटमा माघेसङ्क्रान्ति मेला : बाँसको लिङ्गो गाडेर शुभारम्भ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96










