चितवन / रत्ननगर नगरपालिका योजना शाखाको आयोजनामा भूउपयोग नक्साङ्कन तथा भूउपयोग वर्गीकरण कार्यविधि–२०७९ सम्बन्धी सर्वदलीय अन्तक्र्रिया सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिकाका १६वटै वडामा जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिकाले तयार पारेको भूउपयोग नक्साङ्कन तथा भूउपयोग वर्गीकरण कार्यविधि कार्यान्वयनका लागि सर्वदलीय छलफल गरिएको हो ।
अन्तक्र्रियामा नेपाली कांग्रेस नगरसमिति सचिव अनिता अर्याल, नेकपा (एमाले) का नगरअध्यक्ष ईश्वरीप्रसाद अर्याल, नेकपा (माओवादी केन्द्र)का नगरअध्यक्ष श्यामप्रसाद बराल, नेपाल स्वतन्त्र पार्टीका नगरअध्यक्ष रामनाथ भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारी, नेकपा (एकीकृत समाजवादी)का नगरसचिव आइआर अधिकारीलगायतले नगरभित्र रहेका सडकको मापदण्ड र जग्गा बिक्री गर्दा लिइने करका सम्बन्धमा सुझाव दिएका थिए ।
राजनीतिक दलहरुका प्रतिनिधिले दिएका सुझावबारे रत्ननगर नगरपालिकाका योजना प्रमुख ई.प्रकाशचन्द्र ढुङ्गाना र रत्ननगर नगरपालिका जग्गा भूव्यवस्थापन समितिका सदस्यसचिव एवं नगर उपप्रमुख यादवप्रसाद पाठकले जवाफ दिएका थिए । अन्तक्र्रिया कार्यक्रम नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

















































