चितवन / निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विगत दुई वर्षदेखि अलपत्र परेको छ । महत्वाकांक्षी परियोजनाका रुपमा तीन वर्षअघि निर्माण सुरु गरिएको भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बजेट अभावका कारण अलपत्र परेको हो ।
निर्माण सम्पन्न केही संरचना पनि हाल झाडीमा परिणत भएको छ । रंगशाला बनाउँदा लागेको १८ करोड ऋण कसरी चुक्ता गर्ने भन्ने विषय टुंगोमा नपुग्दा काम अघि बढ्न नसकेको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भने स्रोत जुटाउन कुनै जटिलता नभएको दाबी गर्छिन् ।
‘हामिलाई ठूलो चुनौती भनेको ऋण तिर्ने व्यवस्था कसरी गर्ने भन्ने हो । यो कुराको पार नै लागेको छैन’, उनी भन्छिन्, ‘अहिले पनि हामि त्यहि ऋण व्यवस्थापन कसरी गर्ने भनेर खोजिमा लागेका छौँ ।’ रंगशाला निर्माण कार्य र ऋण तिर्ने कुरालाई संगसंगै अघि बढाउन आफुले प्रस्ताव गरेको उनी बताउँछिन् । धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच २०७५ माघ १६ गते भरतपुर १५ मा अन्तर्राष्ट्रिय मापदण्डको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने सम्झौता भएको थियो ।
सम्झौताअनुसार फाउन्डेसनले जनसहयोगबाटै रकम जुटाउने भन्दै चन्दासमेत उठाएको थियो । रंगशाला निर्माणको काम थाल्दा अलग्गै उत्साह देखिएको थियो र काम पनि धमाधम अघि बढ्यो । सुरुमा सहयोगी दाताहरुको चहलपहल बाक्लै देखियो । तर, हरेक दिन कामदारले भरिने रंगशाला निर्माणस्थल अहिले भने सुनसान छ । आर्थिक संकट चुलिएपछि निर्माणको काम रोकिएको दुई वर्ष पुग्न लागिसक्यो । १८ करोड ऋण लागेको भन्दै फाउन्डेसनले काम अघि बढाउन सकेन ।
सोही ऋणका कारण भरतपुर महानगरले पनि प्रक्रिया अघि बढाउन सकेको छैन । रंगशालाको निर्माण कार्य रोकिनुअघि करिब तीन हजार क्षमताको प्याराफिटसमेत निर्माण भइसकेको छ । अन्य प्याराफिट निर्माणका लागि बनाइएका ठूला ठूला पिलरहरु अहिले अलपत्र छन् । फलाममा खिया लागेर कामै नलाग्ने अवस्था पुग्न लागेका छन् । घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ । निर्माण सामग्रीहरु अलपत्र छन् । यस्तै अवस्था रहे आगामी दिनमा निर्माण प्रक्रियालाई अगाडि बढाउनसमेत चुनौती देखिन्छ ।
रंगशाला निर्माणको क्रममा स्थानीयस्तरमा निकै चहल–पहल बढेको थियो । खेलप्रेमीहरुमा मात्र होइन, समग्र चितवन र देशवासीमै उत्साहको सञ्चार थियो । अहिले रंगशाला यो अवस्थामा पुग्दा स्थानीय दुःखी छन् । फाउन्डेसनले देखाएको १८ करोड ऋण चुक्ता गर्न अहिले मुख्य समस्या देखिएको हो । यसअघिको सरकारले रंगशालाका लागि २२ करोड रुपैयाँ रकम विनियोजन गरिसकेको छ ।
त्यसलाई कार्यान्वयनमा समेत लैजान सकिएको छैन । कुल तीन अर्ब खर्च हुने अनुमान गरिएको रंगशाला निर्माणमा हालसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको धुर्मुस–सुन्तली फाउन्डेसनको दाबी छ । तर, अहिलेसम्म भौतिक पूर्वाधारको ३५ प्रतिशत काम मात्रै सकिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा दुई वर्षदेखि अलपत्र गौतमबुद्ध क्रिकेट रंगशाला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34












