March 15, 2025
- ADVERTISEMENT -

रवि लामिछानेको समर्थनमा प्रदर्शन

January 29, 2023

चितवन । रवि लामिछानको समर्थनमा शनिबार भरतपुरमा प्रदर्शन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको अगुवाईमा भरतपुरमा मोटरसाइकल ¥याली निकालिनुको साथै प्रदर्शन भएको हो । शुक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको समर्थनमा शनिबार बिहान समर्थकहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए । भरतपुरको विशाल चोकबाट निस्किएको ¥याली बाइपास सडक खण्ड हुँदै बसपार्क, चौविसकोठी, नारायणगढको पुलचोक हुँदै मेनरोड र आपटारी हुँदै पुनः विशाल चोकमा पुगेर समापन भएको छ ।
यसअघि पार्टीका कार्यकर्ता र शुभेच्छुकको विशाल चोकमा वृहत छलफल गरेका थिए । पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।

- ADVERTISEMENT -