२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

चितवनमा बढे चेक बाउन्सका उजुरी

प्रकाशित मिति : २०७९ माघ १५ गते
- ADVERTISEMENT -

चितवन / जिल्लामा चेक बाउन्सका मुद्धाहरु बढ्दो क्रममा रहेको पाइएको छ । कात्तिक महिनामा स्थापना भएको बैंकिङ् कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म २११ वटा निवेदन परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार परेका निबेदन मध्ये ६७ वटा मुद्धा दर्ता भएका छन् । कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितका अनुसार दर्ता भएका मुद्धा मध्ये २६ वटा मुद्धा फैसला भएका छन् ।
यस्तै परेका निबेदनबाट २१ वटा आन्तरिक छलफलबाट टुङ्गाईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “चेक बाउन्सका दैनिक ३ वटा हाराहारी उजुरी पर्ने गरेका छन् ।” उजुरी जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीको रहेको उहाँले बताउनुभयो । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि परेको उहाँले जानकारी दिनुभयो ।
चेक अनादार गर्ने क्रम बढ्दो क्रममा रहेको बताउँदै उहाँले पैसा कमाउन सजिलो बाटो रोज्दा समस्या बढेको बताउनुभयो । कानुनको ज्ञानको कमीका कारण यस्तो हुने गरेको उहाँले बताउनुभयो ।
बैंकिङ् कसुरमा मुद्धा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको १ वर्ष देखि ५ वर्ष सम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो समय चेकलाई केही होइन भन्नेको संख्या बढ्दो रहेकाले पनि समाजमा बैंकिङ् कसुर वढ्दै गएको पण्डितले बताउनुभयो ।

- ADVERTISEMENT -