२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘विकास निर्माणका काममा ढिलासुस्ती गर्न छूट छैन’

प्रकाशित मिति : २०७९ माघ १६ गते

रत्ननगर / रत्ननगर नगरपालिकाका मेयर, उपमेयरलगायत जनप्रतिनिधिहरुको टोलीले रत्ननगर–५, ६ र ७ भित्र भएका पछिल्ला विकास निर्माणका आयोजनाहरुको अनुगमन गरेको छ । नगरप्रमुख प्रल्हाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, वडा नं–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, वडा नं–६ का वडाध्यक्ष किरण चौधरी, वडा नं–७ का वडाध्यक्ष सजना महतो, आर्थिक समितिका संयोजक एवं वडा नं–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, इन्जिनियर पंकज गिरीलगायतको टोलीले नगरभित्र चालू अवस्थामा रहेका ठूला र नगरगौरवका आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।
नगरप्रमुख सापकोटाको नेतृत्वमा विभिन्न आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किएको नगरको टोलीले रत्ननगर–६ र ७ मा नमुना पर्यटकीय मार्गअन्तर्गत भइरहेको साइकल लेन, नाला र फुटपाथसहितको १५ मिटर सडक, राप्ती ड्याकदेखि मगरटोल हुँदै खैरहनी बोटेतालसम्म सडकको अधिकारभित्र पर्ने स्थायी तथा अस्थायी संरचना भत्काउन निदेशन दिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी भवन निर्माण आयोजनाको लागि लोहनी–लोहनी एन्ड सन्स्–हेमन्त जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई आयोजनाको काम अगाडि बढेको छ ।
सो कम्पनीलाई निर्माण सामग्रीको गुणस्तरदेखि समयमै काम गर्न निर्देशन दिइएको नगरप्रमुख सापकोटाले बताए । यस्तै, प्रदेश मन्त्रालयको आव २०७९÷०८० को समपुरक योजनाअन्तर्गत वडा नं ६ राप्ती ड्याक मालपुरको चराचोक हुँदै निर्माणाधीन नाला, फुटपाथसहितको नमुना पर्यटकीय सामुदायिक मार्गको पनि अवलोकन तथा अनुगमन गरी निर्माण कम्पनी शिवम् कन्ट्रक्सनलाई गुणस्तरमा कैफियत नगरी काम गर्न निर्देशन दिइएको छ ।
वडा नं–६ का वडाध्यक्ष किरण चौधरीका अनुसार जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा दुवै आयोजनाको काम अगाडि बढेको बताए । उनले भने, ‘निर्माण सामग्रीको गुणस्तरमा कुनै सम्झौता हुँदैन । निर्माण कम्पनीलाई कुनै बहानामा ढिलासुस्ती गर्न छूट छैन ।’ नगरका कुनै पनि विकास निर्माणका आयोजनाहरुको विशेष अनुगमन गरिरहेको बताउँदै नगरप्रमुख सापकोटाले विकास निर्माणका आयोजनाहरुमा ढिलाइ गर्ने, लापर्बाही गर्ने र राजनीति गर्न खोज्नेलाई नगरले कडारूपमा कारबाही गर्ने चेतावनी दिए ।
‘विकास निर्माणमा अवरोध पु¥याउन खोज्ने र पु¥याउने दुवैलाई कारबाही गरिन्छ’, उनले भने, ‘विकासका काममा तेरो र मेरो भनेर ढिलासुस्ती गर्ने ठेकदारहरुलाई क्रमैसँग नगरपालिका कारबाहीमा उत्रिन्छ ।’ ‘हामी रत्ननगरलाई रत्न बनाउने अभियानमा छौँ’, नगरप्रमुख सापकोटाले भने, ‘विकास निर्माणका कामले गति लिइरहेको छ । हामी नमुना नगरका रूपमा स्थापित गर्न प्रयत्नशील छौँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39