काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाशपछि सरकारबाट आवास सुविधा नलिने भएकी छन् । यसअघिका राष्ट्रपति डा. रामवरण यादवले काठमाडौंमै घर हुँदाहुँदै सरकारले भाडामा लिइदिएको घरमा बस्दै आएको नजिर राष्ट्रपति भण्डारीले तोड्ने भएकी हुन् ।
शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिबाट अवकाश भएपछि भण्डारी आफ्नै निजी निवासमा सर्नेछिन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा उनको निजी निवास छ । केही दिनअघि मात्रै सो निवासको जिर्णोद्वार गरेर बस्नलायक बनाइएको थियो ।
राष्ट्रपति कार्यालयले सरकारलाई अवकाशपछि बस्न आवास बनाइदिनुपर्ने प्रस्ताव गरेको तर, सरकारले उनकै जग्गामा घर बनाइदिन लागेको भनि केही मिडियामा प्रकाशित समाचारलाई शीतल निवास स्रोतले खण्डन गर्यो ।
‘यो राष्ट्रपतिज्यूलाई विवादमा पार्न सुनियोजितरुपमा गरिएको दुष्प्रचार हो,’ स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयबाट त्यस्तो केही पनि प्रस्ताव गएको छैन । अवकाशपछि सरकारी आवास सुविधा नलिनेमा राष्ट्रपतिज्यू स्पष्ट हुनुहुन्छ ।’
राष्ट्रपतिको काठमाडौंमा घर भएको बाहेक अर्को जग्गा नरहेको पनि स्रोतको भनाइ छ । अहिले घर भएको जग्गा उनले २० वर्षअघि खरिद गरेकी थिइन् । घर बनाएको पनि करिब १५–१६ वर्ष भइसकेको छ । भण्डारी शीतलनिवास सरेपछि त्यो घर उनका भाइले रेखदेख गर्दै आएका छन् ।
‘राष्ट्रपतिले आफ्नो घर मर्मत र रंगरोगनका लागि पनि सरकारलाई गुहार्नुभएन,’ स्रोत भन्छ, ‘आफ्नो जग्गामा घर बनाइदिने कुरा त झन् हास्यास्पद हो । औपचारिक वा अनौपचारिक रुपमा यस विषयमा कुनै पनि सरसल्लाह भएको छैन ।’
राष्ट्रपति कार्यालयले मुख्यसचिवको कार्यालयलाई राष्ट्रपतिको अवकासपछि समन्वय गरिदिन पत्राचार गरेको थियो । राष्ट्रपतिका प्रेस विज्ञ टिका ढकालका अनुसार उक्त पत्रमा निवासको विषयमा केही पनि उल्लेख गरिएको छैन ।
उनले भने, ‘राष्ट्रपतिको पदावधि सकिने मितिबारे औपचारिक जानकारी सरकारबाट गराइनुपर्ने तथा सुरक्षा समन्वय गर्नुपर्ने भएकाले एउटा पत्र पठाइएको थियो । राष्ट्रपतिज्यू अवकाशपछि आफ्नै निजी निवासमा सर्ने तयारीमा रहनुभएकाले आवासका सम्वन्धमा सरकारसँग औपचारिक वा अनौपचारिक केही पनि प्रस्ताव गरिएको छैन । न त कुनै सरकारी निकायले नै केही तयारी गरेको हाम्रो जानकारीमा आएको छ ।’
सरकारले पूर्वपदाधिकारी दिने सुविधाबारे स्पष्ट कानून बनेको छैन । मन्त्रीपरिषदको निर्णयका आधारमा पूर्वपदाधिकारीहरुले सुविधा भोग गर्दै आएका छन् । पूर्वराष्ट्रपति यादवले मन्त्रीपरिषद निर्णयबाटै आवास लगायत विभिन्न सुविधा लिएका हुन् । उनको निजी घर बागडोलमा सुनसान छ भने त्यही नजिकै सरकारले उनलाई मासिक दुई लाख (प्रत्येक वर्ष बढ्ने गरी) को घर भाडामा लिएर राखेको छ । त्यसबाहेक पनि उनी उपचार लगायतका बहानामा सरकारबाट पैसा लिइरहन्छन् ।
यदि सरकारको तर्फबाट आवास सुविधाका लागि कुनै प्रस्ताव आयो भने पनि राष्ट्रपतिले स्वीकार नगर्ने ढकालको भनाइ छ ।
उनले थपे, ‘अवकासपछि सामान्य नागरिकसरह बाँच्ने र राज्यबाट कुनै अतिरिक्त सुविधा नलिने भनेर राष्ट्रपतिज्यूले भनिसक्नुभएको छ ।’
- ADVERTISEMENT -

राष्ट्रपति भण्डारीले अवकाशपछि सरकारी सुविधा नलिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68











