काठमाडौं / नेपाल प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । कार्यालयले बिहीबार एकैपटक ९५ जना एसपीको माघदेखि नै तलब भत्ता पाउनेगरी सरुवा गरेको हो ।
कार्यालयका अनुसार सरुवाको सूचीमा कृष्णप्रसाद कोइराला धनकुटा, भाग्येन्द्रपुरुष ढकाल काभ्रे, कमल थापा कन्चनपुर, अनुपम श्रेष्ठ गोरखा, अवदेश विष्ट तनहुँ, गौतम मिश्र धादिङ, नरेन्द्रकुमार कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, सञ्जयबहादुर राउत स्याङ्जा प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् ।
१५० डीएसपीको सरुवा, १३ जनाको काज सरुवा
यसैबीच नेपाल प्रहरी प्रधान कार्यालयले १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को बिहीबार नै सरुवा गरेको छ । कार्यालयले एकैपटक १५० जना डिएसपीलाई माघदेखि नै तलब भत्ता पाउनेगरी सरुवा गरेको हो ।
यस्तै १३ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार नै उनीहरूको काज सरुवा गरेको हो ।
- ADVERTISEMENT -










































