काठमाडौं / उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (शुक्रबार) बस्ने भएको छ । बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए ।
यसअघि संयन्त्रको बैठक बिहीबारका लागि बोलाइएको थियो । प्रधानमन्त्री दाहाल र संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार अपरान्ह सिंहदरबारमा भेटवार्ता भएपछि संयन्त्र बैठक आज बिहानका लागि सारिएको हो ।
उक्त बैठक सकेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले संयन्त्र बैठक शुक्रबार बिहान बस्ने बताएका हुन् ।
रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको, सुदूरपश्चिममा सत्ता गठबन्धन समर्थनमा बनेको नेकपा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ ।
यसैबीच राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि आज छलफल हुन सक्ने देखिएको छ । फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ । प्रधानमन्त्री दाहाल र उनी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेका छन् ।
तर सत्ता साझेदार दल नेकपा एमालेले गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ । तर पुस २६ मा प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । यो परिस्थितिसँगै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क माओवादीले गर्दै आएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता गठबन्धनका सात दलका शीर्ष नेता छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













