२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उद्योग वाणिज्य संघ राप्तीको दोस्रो अधिवेशन भोलि हुने

प्रकाशित मिति : २०७९ माघ २७ गते

–राजेश रुम्बा तामाङ
भण्डारा । उद्योग वाणिज्य संघ राप्तीको दोस्रो अधिवेशन भोलि (शनिबार) हुने भएको छ । संघको अध्यक्ष पदमा राजकुमार कँडेल र मार्कण्डे गौतम बिच प्रतिस्पर्धा हुने भएको हो । प्रतिस्पर्धी कंडेल एमाले निकट र गौतम माओवादी केन्द्र निकट व्यवसायी हुन् ।
संघमा एक हजार बढी मतदाता रहे पनि अहिले भोट हाल्न योग्य सदस्य ५ सय भन्दा केही मात्र बढि रहेको अनुमान गरिएको छ । सदस्यता नवीकरण नहुँदा मतदाता घटेको बताइएको छ ।
कँडेलको संयुक्त व्यवसायी प्यानलको वरिष्ठ उपाध्याक्षमा कांग्रेस निकट व्यवसायी ओमप्रसाद डल्लाकोटी, प्रथम उपाध्यक्षमा प्रतिभा पाण्डे, वाणिज्य उपाध्यक्षमा ईन्द्रप्रसाद पाठक(सन्तोश), उद्योग उपाध्यक्षमा रोहितबहादुर घिमिरे (प्रकाश), सचिवमा ईश्वर तिमील्सिना वाणिज्यतर्फ उमेद्वार सदस्यहरु बिराज भेटवाल्, दीपेन्द्र अधिकारी, पुष्पराज अधिकारी, काशीराम पुन्, भुवनराज रुवाली, प्रकाशकुमार सेडाइ र उद्योगतर्फका उमेदवार सदस्यहरु कोषराज डल्लाकोटी, रामहरी उप्रेती, दीपा सुवेदी पाठक र पुष्प कुवारले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, अध्यक्ष पदका उमेदवार गौतम रहेको प्रगतिशील प्यानलबाट चुनावी मैदानमा उत्रिएकाहरुमा वरिष्ठ उपाध्यक्षमा दिनेश सेढाई, प्रथम उपाध्याक्षमा हरिबहादुर ओझा, वाणिज्य उपाध्यक्षमा राजन चौलागाई, उद्योग उपाध्यक्षमा परशुराम पाठक, सचिजमा लोकराज पाण्डे (सन्तोष), वाणिज्य सदस्यहरुमा हरि न्यौपाने, प्रेमनाथ सुवेदी, उद्धव डल्लाकोटी, आरके पण्डित, बिनोद धरेल, मनोज बर्तौला र उद्योग सदस्यहरुमा सुदर्शन जोशी, रामबहादुर सारु मगर, खिलप्रसाद घिमिरे र महिला सदस्यमा गीताकुमारी उप्रेती पनि भिड्नेछन् ।
उमेदवारहरुले चुनाव प्रचारप्रसारका लागि आजैदेखि घरदैलो अभियान नै थालेको छ । माघ २८ गते हुने उद्योग वाणिज्य संघ राप्तीको निर्वाचनमा उम्मेदवारी दर्ता गरेको प्रगतिशिल व्यावसायिक प्यानल र संस्थापन प्यानल दुबै समुहले चुनावी प्रसारप्रसारलाई तिव्रता दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45