२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

कुष्ठरोग उन्मुलनमा चुनौती

प्रकाशित मिति : २०७९ माघ २८ गते

नेपालमा सन् २०१० मा कुष्ठरोग उन्मुलन भइसकेको घोषणा गरिए पनि यो रोग पूर्णरुपमा हटिसकेको छैन । आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा कुष्ठरोगका २ हजार २८५ नयाँ बिरामी रहेको देखिएको छ । यो संख्या अघिल्लो वर्षमा २ हजार १७३ रहेको थियो । यस वर्ष नयाँ बिरामीमध्ये ९८९ जना महिला छन्, ७३ जना बालक छन् र तीमध्ये १७० जनालाई हातखुट्टा÷नसामा देखिने शारीरिक दुर्बलता र आखाँमा देखिने सङ्क्रमण÷अन्धोपना देखिएको छ । करिब २ हजार ३७३ कुष्ठरोगका बिरामी कुष्ठरोगको उपचारको क्रममै रहेका छन् । यस्तै उक्त रोगका बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशको बारा जिल्लामा देखिएका छन् भने सबैभन्दा कम बागमती प्रदेशमा छन् । प्रति दशहजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी रहेको अवस्थालाई कुष्ठरोग उन्मुलन/निवारण भएको मानिन्छ । अर्थात् प्रतिलाख १० जनाभन्दा कम नयाँ रोगी हुनुपर्छ । तर, कुष्ठरोग निवारण भएको विगत १३ वर्षको अपाङ्गता हेर्दा कुष्ठरोग उन्मुलन गर्न चुनौती देखिएको छ ।
अपाङ्गताको संख्या हेर्दा कुष्ठरोग उन्मुलन गर्न हतार भएको देखिन्छ । किनभने, नेपालको जनसंख्या करिब तीन करोडलाई आधार मान्दा पनि नयाँ बिरामीको संख्या प्रतिलाख ११ जनाभन्दा बढी हुन आउँछ । एक अध्ययनअनुसार नेपालमा हालसम्म करिब ३० हजारको संख्यामा कुष्ठरोगले अपाङ्गता भएका व्यक्ति छन् । विशेषज्ञहरुका अनुसार आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्ने यो रोगले खासगरी छाला र नशामा असर गरी अपाङ्गता बनाउँछ । खासगरी मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीको संख्या बढी देखिएको छ । कुष्ठरोग निवारण हुन बाँकी रहेका जिल्ला पनि अधिकांश तराईका छन् । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्टरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ । सोहीअनुरुप नेपालमा पनि कुष्ठरोगका बिरामीहरूको संख्या शून्यमा झार्न सन् २०२१ देखि २०३० सम्मका लागि ‘रोड म्याप फोर जेरो लेप्रोस’ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
नेपालमा कुष्ठरोग निवारण भएको १३ वर्ष बितिसक्दा पनि कुष्ठरोगीको संख्या बढ्दै गएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको मुलुक घोषणा गर्दा ११ जिल्लामा उन्मुलन भएकै थिएन । सन् २०२३ सम्म आइपुग्दा निवारण नभएका जिल्ला अझे बढेर गएको छ । कुष्ठरोगलाई पहिलेदेखि सामाजिक कलंकसँग जोडेर हेर्ने गलत मान्यताका कारण बिरामीहरु प्रारम्भिक चरणमै उपचार गर्न हिचकिचाउने गर्छन्, जसले गर्दा रोगीको संख्या बढिरहेको छ । सरकारले कुष्ठरोगको निःशुल्क उपचार गर्ने व्यवस्था गर्दै आएको छ । विविध माध्यमबाट प्रचारप्रसार गर्नुका साथै उपचार केन्द्रमा आउने बिरामीका लागि यातायात खर्चबापत एक हजार रुपैयाँसमेत दिने गरेको छ । रोग निर्मुल भएपछि पुनःस्थापना तथा आयआर्जनमा मद्दत गर्ने कार्यक्रम पनि जारी नै छ । नियमित औषधि सेवन गरे निको हुने रोग भएकाले समयमै उपचार गर्न सके कुष्ठरोग निर्मुल हुनेमा द्विविधा छैन । कुनै व्यक्ति रोगी हुनु अपराध होइन । रोग लागेकै कारण फरक व्यवहार गरिनुचाहिँ अमानवीय अपराध हो । कुष्ठरोगीको पहिचान गरी उपचार गराउन सके उन्मुलनको लक्ष्य पूरा गर्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11