काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ ।
रवि लामिछाने सांसदबाट पदमुक्त भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आइतबार आयोगले जारी गरेको विज्ञप्तिअनुसार चितवन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चितवन–२ मा चाँडै निर्वाचन गराउन माग गरेका छन् । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा सभापति लामिछानेले उक्त माग गरेका हुन ।
‘मैले चितवन–२ मा चाँडै उपनिर्वाचन होस भनेर प्रधानमन्त्रीलाई भनेको छु, प्रधानमन्त्रीले यसवारे निर्वाचन आयोगसँग कुराकानी भईरहेको जानकारी दिनु भएको छ’ लामिछानेले बैठक पछि भने । उनका अनुसार सत्ता साझेदार दलमा राष्ट्रपतिका लागि लिएर कुनै मतभेद नभएको र पुर्व सहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन हुनेछ ।
नेपाली नागरिकता नलिई गत निर्वाचनमा भाग लिएको भन्दै सर्वाेच्च अदालतले चितवन–२ वाट बिजयी लामिछानेको सांसद पद अस्विकृत गरेको थियो । उक्त फैसाला पछि चितवन–२ सांसदबिहिन अवस्थामा छ । लामिछानेले नेपालको नागरिकता पुनः लिएपछि फेरी निर्वाचन लडने मनस्थीतिमा छन् ।
चितवन–२ मा बैशाखको दोस्रो साता उपनिर्वाचन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
