२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

४५ किलो गाँजासहित पाँच जना पक्राउ

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते

मकवानपुर / मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित बुधबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौडा उप महानगरपालिका वडा नं. १९ बस्तिपुर स्थित भित्री सडकखण्डबाट ४५ किलो ६० ग्राम गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, कुवापानी तर्फबाट बस्तिपुरतर्फ आउँदै गरेको बा २१ च ९३२६ नम्वरको क्रेटा कार र ना २१ प १०९० नं. को मोटरसाईकललाई रोकी चेकजांच गर्ने क्रममा सो कार भित्र लुकाइ ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कार चालक पर्साको बहुदरमाई नगरपालिका वडा नम्वर ४ बस्ने २० वर्षीय ब्रजेश कुमार तेली, कारमा सवार सोही नगरपालिका–९ बस्ने ४० वर्षीय नैमोदिन देवान, १९ वर्षीय छोटु गुप्ता कलुवार, सोही नगरपालिका– ७ बस्ने २२ वर्षीय सन्तु राउत कुर्मी र हेटौडा उपमहानगरपालिका–१९ बस्ने १९ वर्षीय नवराज थिङ रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी बरामद गाँजा, कार र मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34