२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

महानगर फलफूलमा ११ महिलासहित ५२ जनाको रक्तदान

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते

चितवन / भरतपुर वडा नं. २ स्थित ‘भरतपुर महानगर फलफूल तथा तरकारी बजार’मा रक्तदान तथा स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । रक्तदान तथा स्वास्थ्य परीक्षणमा ११ महिला सहित ५२ जनाले रक्तदान र १३५ जनाले बुधबार स्वास्थ्य लाभ लिएको सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक विकास पौडेलले जानकारी दिए ।
उक्त कार्यक्रम सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस), फलफूल तथा तरकारी थोक व्यवसायी संघ, चितवन र कृषि प्रवद्र्धन बजार विकास प्रालिले संयुक्त रुपमा आयोजना गरेको हो । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालको प्राविधिक सहयोग रहेको थियो । वार्षिक कार्यतालिकाअनुसार यसपटक पनि तीनै संस्थाको संयुक्त आयोजनामा दुई कार्यक्रम गरिएको हो ।


बजारसँग सम्बन्धित व्यवसायी, उपभोक्ता तथा सहकारी संस्थाका सदस्यलगायतको स्वास्थ्य अवस्थामा ध्यान पु¥याउनुका साथै भरतपुरका अस्पतालमा रक्त अभाव हुन नदिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको व्यवस्थापक पौडेलको भनाइ छ ।
सो अवसरमा सिद्धि विनायक साकोसका अध्यक्ष थिरप्रसाद धिताल, फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष मुकुन्दप्रसाद गौतम, भरतपुर वडा नं २ का कार्यवाहक अध्यक्ष परशुराम पौडेललगायतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका जिल्ला सभापति हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कृषि प्रबर्धन बजार विकास प्रा.लि.का अध्यक्ष शालिक घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52