ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ना१ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा चिशंखुगढी–३ का मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको आज (आइतबार) बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओखलढुङ्गामा सवारी दुर्घटनामा परी घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुर्घटनाका सबै घाइतेको तत्काल उद्वार र उपचार गर्न सचिवालयमार्फत निर्देशन दिएपछि नेपाली सेना र कैलाश एयरको हेलिकप्टरबाट उद्दार गरी उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं. १ का २२ वर्षे खेमबहादुर खत्रि र वडा नं.२ का ४० वर्षे केन्द्रबहादुर कार्कीलाई उपचारका लागि कैलाश एयर हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
यस्तै, नेपाली सेनाको हेलिकोप्टरबाट चिशंखुगढी गाउँपालिका–२ की १३ वर्षे आयुशा श्रेष्ठ, सोही वडाका ५७ वर्षे तिलकुमारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका–१० बेतेनीकी ४० वर्षे तुलसा धमला र उनका २ वर्षीय छोरा विनय धमला, चिशंखुगढी–३ की ४ वर्षीय लरिसा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीय तिर्थलक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
उद्वार गरिएका सबै घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये जिल्लाको मोलुङ गाउँपालिका–१ की ३५ वर्षीय जानुका धमला र उनका ४ वर्षीय छोरा कोशिस धमलाको भने ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुद्धचोकमा दुर्घटनामा एकको मृत्यु
यस्तैगरी बाराको बुद्धचोकमा आज (आइतबार) दिउँसो भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मिया रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार, मध्यान्ह १२ बजे वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० को बस ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मिया गम्भिर घाइते भएका उनलाई सीटी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्जमा ल्याइएको थियो ।
गण्डक अस्पतालमा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक सिरहा सुखीपुर नगरपालिका–८ बस्ने ४२ वर्षीय ललन कुमार दासलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












