२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

छुटफुट सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पत्र वितरण

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते

चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज (आइतबार) छुटपुट ५ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण–पत्र वितरण गरेकी छन् । जग्गाधनी प्रमाणपत्र पाउनेहरु राष्टिय भूमि आयोग चितवनले भरतपुर–२ आँपटारीमा १ सय ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरणका क्रममा छुटेको थियो ।
राष्टिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमलसिनाका अनुसार श्रीमान वैदेशिक रोजगारीमा बाहिरा भएकाले लालपुर्जा प्राप्तीको प्रकृया पुगेको थिएन । प्रकृया पूरा भएसँगै अहिले थप ५ जनालाई जग्गाधनी प्रमाणपत्र दिइएको बताए । महानगरपालिकाले आँपटारीबाट भूमिहिन दलितलाई जग्गाधनी प्रमाणपत्र दिएर यो कार्यको थालनी गरेको थियो । लालपूर्जा वितरण कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहिनलाई भूमिपति बनाउने अभियान जारी राखिएको बताइन् ।
सबै प्रकृया मिलााएर केही समयपछि लालपुर्जा वितरण गर्ने गरी राष्टिय भूमि आयोग चितवनले काम अगाडि बढाई रहेको उल्लेख गरिन् । आयोगका चितवन अध्यक्ष बद्री तिमलसिनाले चितवन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका कारण आचारसंहिताले लालपुर्जा वितरणको काम रोकिएको बताए ।
अध्यक्ष तिमलसिनाले निर्वाचनपछि भरतपुर–११ को भूमिहिन दलित र सुकुम्बासी,सेतोपुर्जा भएर अद्यवधिक गर्न बाँकी रहेका, सेतो पुर्जामा एक किस्ता वा दुई किस्ता राजस्व बुझाएका र स्वम सेतो पुर्जा रहेका व्यक्तिलाई लालपुर्जा दिने तयारी भईरहेको जानकारी दिए । आयोगले चितवन जिल्लाभरि नै निस्सा दिने काम सम्पन्न भईसकेको पनि जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72