काठमाडौं / स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज (शुक्रबार) उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार, बिहान ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।
यस्तै, भोलि (शनिबार) प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली पनि भोलि नै सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।