काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो ।
राष्ट्रपति पदका लागि आगामी चैत्र ३ गते निर्वाचन हुँदैछ । त्यसका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा नेकपा एमालेको तर्फबाट एक जना, सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो ।
- ADVERTISEMENT -

उपराष्ट्रपति निर्वाचन : राप्रपा तटस्थ बस्ने निर्णय
March 15, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
