२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

अम्बर बोर्डिङ स्कुलको ४१औं वार्षिकोत्सव, पूर्व विद्यार्थी प्रमुख अतिथि

प्रकाशित मिति : २०७९ चैत्र ४ गते

चितवन / भरतपुर १०, स्याउलीबजारमा अवस्थित अम्बर एभरेष्ट ईङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुलले ४१औं वार्षिकोत्सव मनाएको छ । शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान दिँदै शुक्रबार ४१औं वार्षिकोत्सव मनाएको प्राचार्य हरिप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा अन्नपूर्ण न्यूरोलोजिकल अस्पताल काठमाण्डौका कन्सल्टेण्ट न्यूरोसर्जन डा. प्रितम गुरुङले पानसमा दियो प्रज्वलन गरी कार्यक्रमको उद्धघाटन गरेका थिए ।
डा. गुरुङले शैक्षिक क्षेत्रमा स्कुलले उल्लेखनीय योगदान गरेको बताए । आगामी दिनमा अझ बढी शैक्षिक गुणस्तर वृद्धि गर्दै विद्यार्थी र अभिभावकको मन जित्न सफल हुने उनको भनाइ थियो ।
उनले हरेक विद्यार्थीमा रिसर्च माइन्ड हुन जरुरी भएको बताए । हरेक विद्यार्थीले रिसर्च माइन्ड बनाएर अघि बढेमा भविष्यमा सफलता मिल्ने उनको सुझाव थियो । उनी यसै स्कुलका २०५७ सालमा एसएलसी उत्तीर्ण पूर्व विद्यार्थी समेत हुन् ।


सोही अवसरमा जिल्लामै उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी, विद्यालयमा अध्यनन गरी विभिन्न क्षेत्रमा सफल पूर्व विद्यार्थी, विभिन्न विद्यामा उत्कृष्ट विद्याथी, विद्यालयलाई योगदान पु¥याउने शिक्षक, कर्मचारीलगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा निवर्तमान सहायक प्राचार्य बेनु अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष भगवती पौडेल, भुवन आचार्य, मधुसुदन ढकाल, राजेन्द्र गिरी विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
उक्त कार्यक्रममा प्याब्सन चितवनका उपाध्यक्ष एवम् विद्यालयका प्राचार्य हरिप्रसाद अधिकारीले विद्यालयको शैक्षिक गतिविधि तथा आगामी योजना सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय संचालक समितिका अध्यक्ष भविन्द्र कन्दङ्वाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36