२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सडक दुर्घटनाको जोखिम

प्रकाशित मिति : २०७९ चैत्र ४ गते

जनघनत्व र त्यही अनुपातमा थपिएका सवारीसाधनको चापसँगै पछिल्लो समय सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको पाइएको छ । केही समययता सडक तथा बाटो सहज बन्दै गए पनि दुर्घटना र मृत्यु हुनेको संख्या भने बढ्दो छ । चितवनलगायत देशभर सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षको तथ्यांक हेर्ने हो भने सो अवधिमा दस हजार जनाभन्दा बढीले ज्यान गुमाएको देखिन्छ । सरकारी तथ्यांकअनुसार हरेक वर्ष दुई हजारभन्दा बढी जनको क्षति सडक दुर्घटनाबाटै हुने गरेको छ । यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेभन्दा झण्डै दुई गुणा बढी हो । मुलुकभर प्राकृतिक विपत्तिबाट वार्षिक औसत ९०० सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । मानवनिर्मित संयन्त्रबाट हुने सडक दुर्घटना प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेभन्दा पनि बढी हुनु भयावह स्थिति हो । ट्राफिक प्रहरीको तथ्यांकअनुसार एक वर्षमा १० हजारभन्दा बढी सवारी दुर्घटना भए । जसमा २ हजार ३०० जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा १० हजार बढी घाइते भए । मृत्यु हुनेमा अधिकांश मोटरसाइकल सवार रहेको तथ्यांकले देखाएको छ ।
सवारी दुर्घटनामध्ये ७४ प्रतिशत चालकको लापर्बाहीबाटै भइरहेको देखिन्छ । देशभर पाँच वर्षयता करिब ४७ हजार सवारी दुर्घटनामा ३५ हजार दुर्घटना चालकको लापर्बाहीबाट भएको पाइएका् छ । यस्तै, तीव्रगतिका कारण १४ प्रतिशत, यात्रुको गल्ती, ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी र बढी भारका कारण पनि सवारी दुर्घटना बढिरहेका छन् । सडक यातायात हाम्रा लागि दिनहुँ जोखिमपूर्ण बन्दै गएका छन् । हरेक वर्ष अनाहकमा दुर्घटनाका कारण ज्यान गुमाउने, अंगभंग भएर अपांग जीवन बाँच्न बाध्य हुनेको संख्या पनि उत्तिकै बढिरहेको छ । जसका कारण दुर्घटनाका जोखिम न्यूनीकरण गर्न पनि चुनौती थपिँदै गएको छ । देशभर बढ्दो दुर्घटनालाई विश्लेषण गर्दा हाम्रा सडक तथा राजमार्गहरू सधैँ असुरक्षित नै रहेको महसुस हुन्छ ।
दुर्घटनालाई आकस्मिक भवितव्य मानिए पनि यस्तो दुःखद संयोगका पछाडि केही न कारण हुने भएकाले त्यसको खोजी गर्नुपर्छ । दुर्घटनाका जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले बेलाबेलामा अभियान सञ्चालन गर्दै आएको छ । तर, दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको मात्रै दायित्व होइन । यसमा चालक, यात्रु, पैदलयात्री, यातायात व्यवसायीलगायत दुर्घटनासँग सम्बन्धित पक्षले सावधानी अपनाउनै पर्छ । नेपालमा कुन यातायातका साधनको प्रवृत्ति कस्तो छ भन्ने निचोड निकाल्नु उत्तिकै जरूरी देखिएको छ । प्रायः चालकको लापरबाही र साँघुरा सडकलाई नै दुर्घटनाको कारण मानिँदै आएको छ । ट्राफिक सचेतना कार्यक्रमले पनि केही हदसम्म दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ । सबैभन्दा बढी दुर्घटनाको कारक मानिएका दुईपांग्रे सवारी चालकले विशेष सतर्कता अपनाउनुपर्छ । दुर्घटना नियन्त्रण गर्न सकिँदैन । दुर्घटनाको दुष्परिणामबारे सतर्क रहन सकेमात्र दुःखद अवस्था टर्न सक्छ । त्यसैले सबैले आआफ्नो क्षेत्रबाट सडक अनुशासन र सावधानीपूर्वक यात्रामा ध्यान दिनु आवश्यक देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72