२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवनबाट करिब एघार हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुने

प्रकाशित मिति : २०७९ चैत्र १० गते
File photo.
- ADVERTISEMENT -

चितवन / जिल्लाका १० हजार ७ सय ५२ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुने भएका छन् । यही चैत्र १७ गतेबाट शुरु हुने एसईई परीक्षामा १० हजार ७ सय ५२ जना विद्यार्थीहरु सहभागी हुने भएको शिक्षा विकास समन्वय चितवनले जनाएको छ ।
एसईई परीक्षामा जिल्लाका २३७ वटा विद्यालयका बिद्यार्थीहरु सहभागी हुने भएका हुन् । शिक्षा विकास समन्वय चितवनका प्रमुख भुमिलाल सुवेदीका अनुसार जिल्लामा ५ हजार ४ सय ३८ छात्र तथा ५ हजार ३ सय ५६ जना छात्रा सहभागी हुँदैछन् ।
प्रमुख सुबेदीले नियमतितर्फ १० हजार ७ सय ५२ र ग्रेडबृद्धि तर्फ १ सय ३३ जना सहभाग हुने जानकारी दिए । उनले जिल्लामा ३ जना अपांगता भएका विद्यार्थीहरु सहभागी हुने बताए ।
सो विद्यार्थीहरुका लागि अपांगमैत्री कक्षाको व्यवस्था गरिने उनको भनाइ छ । जिल्लामा झूवानी मा.वि लगाएतका ३ जना अपांगता भएका विद्यार्थीहरु सहभागी हुने उनले बताए ।
उनीहरुको लागी अपांगमैत्री कक्षाको तयारी पनि गरिरहेको, साथै शान्तिपूर्ण, व्यवस्थित र मर्यादित ढंगले परीक्षा सम्पन्न गर्न तयारी भैरहेको बताए । ४२ वटा परिक्षा केन्द्र तोकीएको जिल्लामा ६ सय ७५ जनशक्ति तथा ६३० जना जनपथ सुरक्षाकर्मीहरुको तयारी भैरहको छ । बिगतदेखि शान्तिपुर्ण, ब्यवस्थित र मर्यादित ढंगले गर्दैै आएको परिक्षा यस वर्ष पनि सोहि लक्ष रहेको सुबेदीले भने ।

- ADVERTISEMENT -