२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका एक सय २५ पत्रकारको आँखा जाँच, अधिकांशमा दृष्टि कमजोरको समस्या

प्रकाशित मिति : २०७९ चैत्र ११ गते
File photo

चितवन / चितवनको एक सय २५ जना पत्रकारहरुको आँखा परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ र नेपाल नेत्र ज्योति संघको स्थापना दिवसको अवसरमा एक सय २५ जना पत्रकारहरुको आँखा शिविरको आयोजना गरी परीक्षण गरिएको हो । बाइपास रोडमा अवस्थित भरतपुर आँखा अस्पतालमा उनीहरुको आँखा जाँच गरिएको हो ।
शिविरमा आँखा रोग विशेषज्ञ डाक्टर हिमाल गिरीले अधिकांश पत्रकारहरुमा दृष्टि दोषको समस्या देखिएको जानकारी दिए । डाक्टर गिरीले मोवाइल, ल्यापटप, कम्प्युटरमा बढी काम गर्नुपर्ने भएकाले आँखाको दृष्टि कमजोर बन्न लागेको पाइएको बताए ।
कुनैपनि वस्तुलाई राम्ररी ठम्याउन नसक्ने समस्यालाई दृष्टि दोषको समस्या भन्ने गरिन्छ । शिविरमा टाढाको दृष्टीदोष भएकालाई माइनस पावरवाला चश्मा र नजिकको दृष्टीदोष भएकालाई प्लस पावरवाला चश्मा सिफारिस गरिएको थियो ।
केही पत्रकारहरुको आँखामा सुख्खापन र सुगर, प्रेसरका कारणले पनि आँखामा नकारात्मक असर परेको पाइएको उनको भनाइ थियो । उक्त शिविरमा नेपाल पत्रकार महासंघको सदस्यता लिएका र क्रियाशिल पत्रकारहरुको आँखा परीक्षण गरिएको थियो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकारहरुको आँखा स्वास्थ्यको अवस्था पत्ता लगाउन शिविर उपयोगी भएको बताए । आँखा संवेदनशिल अंग भएकाले आँखा सुरक्षामा ख्याल गर्नुपर्नेमा जोड दिए ।
धेरै समयसम्म डिजिटल उपकरणको प्रयोग र पर्याप्त विश्रामको कमीले गर्दा आँखाको समस्या भोग्नुपरेको बताए । नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य चिजकुमार मास्केले पत्रकारहरुको आँखा उपचारमा आजीवन सदस्य सरह ४० प्रतिशत छुट दिइने घोषणा गरे ।
शिविरमा चस्मा लगाउन सिफारिस भएका पत्रकाहरुलाई चस्मा समेत वितरण गरिएको थियो । चस्मा, औषधि निशुल्क उपलब्ध गराइएको थियो । उनले डिजिटल उपकरण प्रयोग गर्दा उचित दूरी व्यवस्थापन, प्रयाप्त पानी खाने, चस्माहरुको प्रयोग गर्न सुझाए ।
उनले कम्प्युटर स्क्रिन आफ्नो आँखाबाट २० देखि २६ इन्च टाढा र आँखास्तरभन्दा तल राख्न समेत सुझाए । आँखा शिविर कार्यक्रमका संयोजक पत्रकार विप्लव काफ्लेले २ जना जेष्ठ पत्रकारहरुको मोतियाविन्दुको शल्यक्रिया गर्नपर्ने पाइएको बताए । उनका अनुसार आँखामा केही जटिल समस्या देखिएका पत्रकारहरुलाई फलोअपका लागि बुधबार भरतपुर आँखा अस्पताल बोलाइएको जानकारी दिए ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघ चितवनका सभापति कृष्णराज धरेल, बागमती प्रदेश सभापति एवम् केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल, डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर सिदार्थलाल चुके, पूर्वगर्भनर प्रभातकुमार जोशी, संघका केन्द्रीय उपसभापति जयराम श्रेष्ठ, अस्पतालका प्रशासक दयाशंकर चौधरी, पत्रकार महासंघ चितवनका सल्लाहकार तिलकराम रिमाल, निर्वतमान अध्यक्ष राधेश्याम खतिवडा, पूर्वअध्यक्ष जनक अर्याल, विष्णु छिमेकी लगायतको सहभागिता रहेको थियो ।
२०१२ चैत १६ गते स्थापना भएको नेपाल पत्रकार संघ पछि २०५३ जेठ २९ मा महासंघमा रुपान्तरण भएको थियो । महासंघले चैत १६ गते ६८ औँ स्थापना दिवस मनाउँदै छ । १३ गते नेत्रज्योति दिवस र १८ गते नेत्र ज्योति संघको स्थापना दिवस मनाइदै छ । भरतपुर आँखा अस्पताल २०४४ साल चैत १८ गते स्थापना भएको थियो ।
अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा लगायतका सेवाहरु दिदै आइरहेको छ । अस्पतालमा दैनिक ८ सय जनाले आँखा उपचार सेवा लिदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45