२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

बाजुरामा राति भूकम्पको धक्का

प्रकाशित मिति : २०७९ चैत्र १३ गते
- ADVERTISEMENT -

काठमाडौं / बाजुरा केन्द्रविन्दुर भएर गएराति भूकम्पको धक्का महसुस भएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण आउन बाँकी रहेको जनाइएको छ । केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ ।
यसअघि बाजुरामा फागुन १० गते ५.२ म्याग्निच्युडको र माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १२ गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

- ADVERTISEMENT -