गैडाकोट / नवलपुर नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला “कंचन”ले “देशको भृकुटी कागज कारखानासहित अन्य उद्योगहरु बेचेमा कारखानामै चिहान बनाईदिने” चेतावनी दिनु भएको छ ।
सोही पार्टीको केन्द्रीय समितिको जनसंघर्ष परिचालन समितिले आयोजना गरेको भृकुटी कागज कारखाना लगायतका उद्योग संरक्षण तथा संचालनार्थ दबाबमुलक अभियान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बास्तोलाले सो चेतावनी दिनु भएको हो ।
उनले विद्यमान दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण उद्योगका मेसिनहरु बन्द भएको आरोप लगाउनुभयो । देशका नेताहरू विदेशीहरुको दलाल बनेकै कारण कठिन परिस्थिति सिर्जना भएको बताए ।
‘हामीले दलाल नोकरशाही सामन्तीहरुलाई सफाइ गर्ने अभियान स्वरूप यो अभियान लगायतका राष्ट्रिय अभियानहरु संचालन गरिरहेका छौं’ उहाँले भन्नुभयो, ‘यस अभियानमा सबै सहभागी हुन अपिल गर्दछौं ।’ दलाल संसदीय व्यवस्था भनेको पुँजीवादि संसदीय व्यवस्था नै हो यसको अन्त्य गरेर नयाँ जनवादी व्यवस्था सहित वैज्ञानिक समाजवाद स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता भएको औंल्याए ।
उक्त कार्यक्रमको सभाअध्यक्ष नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा जनसंघर्ष परिचालन समितिका संयोजक उदयबहादुर चलाउने दिपकले “फेरि अर्को जनयुद्धको आवश्यकता भएको” समेत बताउनुभयो ।
जनताको रगत र पसिना एवम् छिमेकी असल मित्र देशहरूको सहयोगमा समेत बनेका उद्योगहरु दलालहरुलाई बेचेर प्रजातन्त्र र क्रान्तिका नाममा भज्याएर खानेलाई चोकचोकमा, गाउँ गाउँमा न्यायालय गठन गरेर कार्वाही गर्नुपर्ने उनको जिकिर थियो । उनले यो भृकुटी कागज कारखाना किन्ने र बन्द गर्ने गोल्छाले बक्यौता र मजदुरहरुको पैसा तिर्नुपर्ने यदि नतिरेमा उसका बैंक र अन्य कम्पनीहरु पनि समेत नेपालबाट सधैंका लागि जनताहरुले खोसेर बन्द गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादि) का केन्द्रीय समिति सदस्य घननाथ सापकोटा, विद्रोही नेकपा(मशाल)का स्थायी समिति सदस्य कृष्ण कँडेललगायतले मन्तव्य दिनु भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय सचिवालय सदस्य लालबहादुर बिसि “शार्दुल”ले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सचिवालय सदस्य उदय बहादुर चलाउने “दिपक” ले गर्नु भएको थियो ।
- ADVERTISEMENT -

देशको उद्योग बेच्नेलाई कारखानामै चिहान बनाइने चेतावनी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68











