२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने प्राधिकरणको तयारी

प्रकाशित मिति : २०७९ चैत्र २० गते

तुलसीपुर / नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ । प्राधिकरणले तुलसीपुरका सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार नहटाउनेलाई विद्युत् लाइन काट्नेसम्मको निर्णय भएको छ ।
“हामीले पटक–पटक आग्रह गरे पनि कुनै पनि कम्पनीले प्रभावकारी काम गरेको पाइएन”, वितरण प्रमुख ज्ञानप्रसाद फर्सालले भन्नुभयो, “त्यसैले हामीले कडारुपमा अघि बढेका छौँ ।” अव्यवस्थित तारले बजार कुरुप बन्दै गएको भन्दै यसलाई अव्यवस्थित गर्नका लागि आगामी आजदेखि शुक्रबारसम्म नियमित तार हटाउने गरी तयारी गरिएको छ । तुलसीपुरमा नेपाल टेलिकमसहित १२ वटा त्यस्ता कम्पनी छन् ।
ती सबै बिहान ११ बजेदेखि सहभागी भएर अव्यवस्थित तारलाई अव्यवस्थित गर्ने निर्णय भएको छ । यदि नियमित दुई पटकसम्म सहभागी नहुने र आफ्नो तार अव्यवस्थित नगर्ने कम्पनीलाई विद्युत्को नियमअनुसार कारबाही गर्ने निर्णय भएको छ ।
यसअघि पटकपटक सार्वजनिक सूचना प्रकाशित गर्नेदेखि कार्यालयमा समेत पत्र पठाउँदा पनि कुनै काम नभएपछि प्राधिकरण प्रमुख फर्सालसहितको टोली आफैँ कार्यालयमा पुगेर मौखिक र लिखितरुपमा जानकारी समेत गराएको थियो ।
प्राधिकरण र सेवा प्रदायक निकायकाबीच २०७९ मङ्सिर २७ गते एक हप्ताभित्र तार व्यवस्थित गर्न सहमति भएको थियो । तुलसीपुरको वीरेन्द्र चोकदेखि पश्चिममा कालीमाटी, पूर्वमा हेमन्तपुर, दक्षिणमा दमारगाउँ र उत्तरमा राम्रीको क्षेत्रभित्रका पोलमा विस्तार गरिएका तारलाई व्यवस्थित गर्न प्राधिकरणले आग्रह गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11