March 15, 2025
- ADVERTISEMENT -

नेकपा एसका सचिवालय सदस्यमाथि वडा अध्यक्षद्वारा दुव्र्यवहार

April 4, 2023

भण्डारा / नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला सचिवालय समस्य राम सेढाईँमाथि राप्ती नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष केदारप्रसाद आचार्यले दुव्र्यवहार गरेको भन्दै एकीकृत समाजवादी पार्टीको नगर कमिटिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राप्ती नगरपालिकाको कृषि शाखामा बसिरहेको अवस्थामा मोवाइल खोसी ‘रेकर्ड गरेको होस्’ भन्दै अभद्र व्यवहार गरेको पार्टीले जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारवाही गर्नेसमेत चेतावनी दिएको छ ।
नगरपालिकामा गठबन्धन सरकार रहिरहँदा असफल बनाउने उद्देश्यले योजनावद्ध तरिकाले अभद्र व्यवहार गरेको पार्टीको राप्ती नगर इञ्चार्ज हेमन्त कँडेलले बताएका छन् ।

- ADVERTISEMENT -