काठमाडौं / नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले कर्मचारी माग गरेको छ । निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुका लागि कर्मचारी माग गरेको हो ।
निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै उक्त कर्मचारीको माग गरेको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको हो । यसैगरी, व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ ।
दरखास्त पेस गर्ने अन्तिम मिति आज चैत्र २४ गतेदेखि बैशाख २३ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भुमा आवेदन फारम बुझाउन सकिने जारी सूचनामा उल्लेख गरिएको हो ।
- ADVERTISEMENT -

सेनामा डाक्टरदेखि पण्डितसम्मको कर्मचारीहरु माग
April 7, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
