२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘हिजोको फौजी, आजको नयाँ शक्ति’

प्रकाशित मिति : २०७९ चैत्र २४ गते

भरतपुर / जय जन्मभूमि पार्टी चितवनले हिजोको फौजीलाई आजको नयाँ शक्ति बनाएर समाजमा स्थापित गराउने प्रयास गरेको बताएको छ । पार्टीका चितवन जिल्ला अध्यक्ष एवम् चितवन २ का उम्मेदवार प्रेमबहादुर खड्काले देशमा पुस्तौँदेखि राजनीति गर्नेहरुबाट समाज रुपान्तरणको सम्भावना टर्दै गएको हुँदा फौजी पनि राजनीतिमा आउन बाध्य भएको बताए ।
विशेष गरी भूपू सैनिकहरुलाई संगठित गराउँदै नयाँ दल लिएर उदाउँदै गरेको जय जन्मभूमि पार्टीको माध्यमबाट देश विकासको बाटोमा हिँडेको बताउँदै उनले भने, ‘फौजीले कहिल्यै हार्न जानेको छैन । तर, यसपटकको निर्वाचनमा जनताको साथ चाहिएको छ।’ चुनावी प्रचारप्रसारका क्रममा भूपू सैनिक कल्याणकारी क्लब भरतपुर १२ इकाइ समितिले आयोजना गरेको चुनावी सभा एवम् कार्यकर्ता भेटघाटका क्रममा उनले थपे, ‘हामीसँग भएको अनुशासन, इमान्दारिता र कार्यानुभवले पनि देश विकास गर्न सक्षम छौं ।’
जिल्ला समन्वय समिति चितवनका निवर्तमान सदस्य केशरबहादुर अधिकारीले जनताबाटै माग भएको हुँदा भूपू सैनिक पनि राजनीतिमार्फत संगठित हुन थालेको बताए। ‘हामी नयाँ शक्तिको रुपमा उदाउनु भनेको देश र जनताको माग हो,’ उनले भने, ‘किनकि पुरानो दलबाट देशलाई फाइदा हुने काम गरेको भए नयाँ शक्तिको उदय हुने थिएन ।’
देशको सेवा गर्न भन्दै २०५२ सालदेखि नेकपा एमालेमा बसेर काम गरेको बताउँदै उनले थपे, ‘पटकपटक सरकारमा पुगेको कुनै पनि दलबाट जनताले चाहेअनुसारको काम भएन, गर्नै चाहेन ।’ त्यसैले यसपटक अन्यायमा परेका चितवनवासीलाई न्याय दिलाउन प्रेमबहादुर खड्काको माध्यमबाट जनतामाझ उपस्थित भएको उनको भनाइ छ ।
भूपू सैनिक कल्याणकारी क्लब चितवनका निवर्तमान सचिव रुक्माङगत शर्माले पुराना दलबाट विश्वमा चिनिएको नेपाललाई निकाश दिन नसक्दा नयाँ दलको उदय भएको बताए। ‘नेताहरुले आफ्नै दुनो सोझ्याउने र आफ्नै भाइ भारदारलाई पोस्ने काममात्रै गर्दा देशले यो युगसम्ममा पनि निकाश पाउन सकेन,’ उनले भने, ‘त्यसैले हामी संगठित हुन बाध्य भयौँ ।’
भूपू सैनिक दिलबहादुर क्षेत्रीले भूपूको समस्या सीधै सरकारसमक्ष राख्न सक्ने माध्यम भएकोले जय जन्मभूमिलाई समर्थन गरेको बताए। पुराना दलहरुप्रतिको वितृष्णाले आजित भइरहेको बेला वैकल्पिक शक्तिको उदय हुँदा आफूले दल रोज्ने विकल्प पाएको उनको भनाइ छ। ‘स्थानीय तहमा कार्यकर्तालाई टाउको जुधाएर माथिल्लो तहका नेताहरु मिल्ने र छुट्टिने क्रम चलिरह्यो । त्यो हामीजस्ता कार्यकर्ताका लागि सह्य विषय भएन,’ उनले भने, ‘त्यसैले दल परिवर्तन गर्न बाध्य भएँ ।’
भूपू सैनिकहरु हिजोको समयमा बिना दल संगठित भएको भन्दै अब राजनैतिकरुपमै संगठित हुन थालेको उनको भनाइ छ। ‘हामी हिजो कोही कांग्रेस, कोही एमाले र कोही माओवादी पार्टीसँग आवद्ध थियौँ । तर, अब हामी सबै भूपू जय जन्मभूमि भएका छौँ,’ उनले भने, ‘अब सबै भूपूलाई यसैमा संगठित बनाउँदै आम सर्वसाधारणको पार्टी बनाउँछौँ ।’
भूपू सैनिक कल्याणकारी क्लब भरतपुर १२ का अध्यक्ष रेशमबहादुर बस्नेतले पनि भूपू सैनिकको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाए। पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष भूपेन्द्रराज बस्नेतले अबको पाँच वर्षभित्र स्कुल जाने गरी पार्टीलाई विकास गर्नुपर्ने बताए । त्यसका लागि आजैदेखि तयारीलाई बलियो बनाउनुपर्ने जिम्मेवारी रहेको उनले बताए ।
उनले भने, ‘यो पार्टीलाई हामीले आम नागरिकको पार्टी बनाउन सक्नुपर्छ।’ उनी विवेकशील साझा पार्टी छाडेर जय जन्मभूमिमा प्रवेश गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39