March 15, 2025
- ADVERTISEMENT -

चितवनमा पौने दुई सय किलो गाँजासहित भारतीय नागरिक पक्राउ

April 9, 2023

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले १८० किलो लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बिआर ०६ जी २१२८ नम्बरको भारतिय ट्रकमा लुकाई छिपाई भारत लैजादै गरेको गाँजा पक्राउ गरिएको कार्यालयले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीका अनुसार ट्रक चालक बिहार रक्सौल बस्ने ३० वर्षिय कुन्दन पटेललाई पक्राउ गरिएको हो । लागू औषध गाँजालाई १६ पोका बनाई लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका चालकलाई पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको उनले बताए ।

- ADVERTISEMENT -